नेपाल राष्ट्र बैंकको विभिन्न मिति हरुको पत्रबाट एनसेल प्रा.लि., नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल टेलिकम र NGO/INGO जस्ता विभिन्न संघ संस्थाले अन्तर्राष्ट्रिय संघ, संगठन को सदस्यता प्राप्त गरे बापत त्यस्ता संगठन लाई सदस्यता शुल्कको रकम पठाउँदा सदस्यता शुल्कमा अग्रिम कर लाग्ने/नलाग्ने भनी लेखी आएको पत्रहरुको विषय पेश हुँदा आयकर ऐन, २०५८ को दफा८७, ८८ र ८९ मा सदस्यता शुल्कको रकम भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था नभएकोले सदस्यता शुल्कको रकममा सेवा शुल्क, रोयल्टी वा व्यावसायिक भुक्तानी जनिने अन्य कुनै रकम समावेश नभएको व्यहोरा घोषणा गर्न लगाई त्यस्तो रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यहोरा जानकारी गराईएको छ।  

 अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /परिपत्र/ स्पष्टिकरण  (Notice/ Circular/ Clarification) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।  

यस सम्बन्धी विस्तृत जानकारी तथा अन्य परामर्श को लागी तलको फर्म भर्नु होस् , हामी तपाईलाई सम्पर्क गर्नेछौ।