प्रस्तुत विषयमा Standard Chartered बैंकको मिति २०७६/५/३ को पत्रबाट का.जि.का.म.न.पा वडा नं. २ लाजिम्पाट स्थित नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको घरभाडामा लिई शाखा सञ्चालन गरेकोमा सोबापतको भाडा भुक्तानी गर्दा घरबहाल कर रकम स्थानीय निकाय वाहाल बुझाई आए बमोजिम सम्बन्धित ठूलाकरदाता कार्यालयमा बुझाउनुपर्ने सम्बन्धमा द्विविधा भएको विषयमा स्पष्ट गरिदिन अनुरोध भएको व्यहोरा पेश हुँदा आयकर ऐन (संशोधन सहित), २०५८ को दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (५) को देहाय उपखण्ड (ख) मा प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकममा कर कट्टी गर्नुनपर्ने व्यवस्था रहेको साथै सोही ऐनको दफा २को (भ) मा ट्रष्टलाई निकायको रूपमा परिभाषित गरेकोहुँदा नेपाल ट्रष्टको कार्यालय प्राकृतिक व्यक्ति नभई निकायको रूपमा रहेको हुँदा निकायलाई गरेको घरबहाल भुक्तानीमा कर कट्टी गरिएको रकम नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यहोरा जानकारी गराईएको छ।
अस्वीकरण:
यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /सर्कुलर (Notice/ Circular) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।
यस सम्बन्धी विस्तृत जानकारी तथा अन्य परामर्श को लागी तल को फर्म भर्नु होस् , हामी तपाई लाई सम्पर्क गर्नेछौ।