मुल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान रहेको छ । सो सम्बन्धमा मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने  करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने व्यवस्था रही आएको मा  हाल विश्वव्यापीरुपमा फैलिएको  कोभिड १९ को संक्रमणबाट  उत्पत्र असहज परिस्थिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/७८ का लागि मासिक/द्धिमासिक/चौमासिक कर विवरण करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्त सम्म कायम गरिएको छ । साथै ठुला करदाता कार्यालय तथा मध्यमस्तरीय करदाता कार्यालय अन्तर्गत दर्ता रही काठमाडौं उपत्यका बाहिर कारोवारस्थल वा कार्यलय रहेका करदाताहरुले आफ्नो कारोवारस्थल वा कार्यालय रहेको क्षत्रमा पर्ने आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यलयमा गई आ.व.२०७७/०७/८ का लागि खाता प्रमाणित गराउन सकिनेछ ।

अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /सर्कुलर (Notice/ Circular) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।