विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संकमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण/आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा देहाय बमोजिम गरिएको छ।
(क) मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ साल वैशाख २५ गतेसम्म थप गरिएको ,
(ख) मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५., बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि समाप्त भएमा २०७७ साल वैशाख मसान्तसम्म थप गरिएको ,
(ग) अन्तःशुल्क ऐन, २०५८ बमोजिम २०७६ साल फागुन महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद २०७७ साल वैशाख २५ गते सम्म थप गरिएको
(घ) आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन महिनाको बुझाउन पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असलीको विवरण बझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ साल वैशाख २५ गतेसम्म थप गरिएको ,
(ङ) आयकर ऐन, २०५८ बमोजिम २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६/०७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद २०७७ साल वैशाख मसान्तसम्म थप गरिएको ,
(च) आर्थिक ऐन, २०७६ को दफा ८ को उपदफा (२) बमोजिमको शिक्षा सेवा शुल्क, दफा१४ को उपदफा (२) बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा (३) बमोजिमको दुर सञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद २०७७ साल वैशाख २५ गतेसम्म थप गरिएको ।
अस्वीकरण:
यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /सर्कुलर (Notice/ Circular) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।