विश्वव्यापी रुपमा फैलिएको कोभिड  १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला  गर्ने म्याद थप गर्ने सम्बन्धमा देहाय बमोजिम गरिएको  छ ।

क)  मूल्य अभिवृद्धि कर ऐन, २०५२बमोजिम २०७६ साल फागुन र चैत्रमहिनाको मासिक कर विवरण, माघ र फाल्गुन महिनाको द्विमासिक र मंग्सिर - फाल्गुनको चौमासिक  कर विवरण तथा ती विवरण बमोजिमको कर दालिखा गर्ने म्याद २०७७ जेष्ठ २५ सम्म ।

ख )  मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि मूल्य अभिवृद्धि कर ऐन,२०५२को दफा २५घ. बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि लकडाउन कै बखत  समाप्त भएमा २०७७ साल जेठ २५ सम्म ।

ग ) अन्तःशुल्क ऐन,२०५८ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाकोबुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्नेम्याद २०७७ साल जेठ २५ गतेसम्म थप ।

घ ) आयकर ऐन,२०५८ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाकोबुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ साल जेठ २५ गतेसम्म ।

ङ ) आयकर ऐन,२०५८ बमोजिम २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६/०७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद २०७७ साल जेठ मसान्तसम्म।

च ) आर्थिक ऐन, २०७६ को दफा ८ को उपदफा (२) बमोजिम २०७६ फागुन र चैत्र महिनाको शिक्षा सेवा शुल्क, दफा १४ को उपदफा (२) बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा (३) बमोजिमको दुर सञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद २०७७ साल जेठ २५ गतेसम्म ।

छ ) कर अधिकृतले गरेको कर/अन्तःशुल्क निर्धारण उपर चित्त नबझाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३१क., आयकर ऐन, २०५८ को दफा ११५ र अन्तःशुल्क ऐन, २०५८ को दफा १९ बमोजिम प्रशासकीय पुनरावलोकनको निवेदन दिन पाउने अवधि लकडाउन खुल्ला भएको मितिले १५ दिन ।

अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /सर्कुलर (Notice/ Circular) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।