प्रस्तुत विषयमा तहाँ निगमको मिति २६ जुलाई २०१९ को पत्रबाट एसियाली विकास बैंकले दिगो विकासको लागि नेपाल ग्रामिण सडक क्षेत्रको संस्थागत सुदृढिकरण सम्बन्धी प्राविधिक सहायताका लागिअमेरिकाको शेलाडिया एसोसियट्स निगमलाई परामर्शदाता नियुक्त गरी नोभेम्बर१३, २०१८मा TA-9457 NEP: सेवा करार सम्झौता गरेको साथै करार सम्झौताको शर्तहरु अन्तर्गतको दफा १२.०२ मा एसियाली विकास बैंकले परामर्शदातालाई कर छुटदिइएको तर प्रस्तुत कम्पनीले उपपरामर्शदाताको रूपमा छनौट गरेको नेपालको GEOCE and SILT Consultants (P) Ltd. लाई करार सम्झौता बमोजिम कर छुट नभएको हँदा GEOCE and SILT Consultants (P) Ltd ले शेलाडिया एसोसियट्स जस्ता कर छुट प्राप्त निकाय लाई सेवा उपलब्ध गराउँदा मूल्य अभिवृद्धिकर असुल गर्नुनपर्ने जिकिर सहित स्पष्ट निर्देशनको लागिअनुरोध गरेको विषयको व्यहोरा निर्णयार्थ पेश हुँदा नेपालमा मूल्य अभिवृद्धिकरमा दर्ता भएको GEOCE and SILT Consultants (P) Ltd ले नेपाल भित्र आपूर्तिगरेको परामर्श सेवा मूल्य अभिवृद्धि कर ऐन, २०५२कोदफा५ (१)(क) बमोजिम मूल्यअभिवृद्धि कर लाग्ने सेवा भएकोले मूल्य अभिवृद्धिकर असुल गर्नुपर्ने मिति २०७६/६/१३ को निर्णयानुसार अनुरोध गर्दछ।
अस्वीकरण:
यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /परिपत्र/ स्पष्टिकरण (Notice/ Circular/ Clarification) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।