प्रस्तुत विषयमा कोभिड–१९ को संक्रमणका कारण साधारण सभा गर्न नसकि चालु आ.व.संघ संस्था नविकरण गर्न समस्या भएको र कोभिड–१९ को संक्रमण जोखिमको कारण साधारण सभा गर्न नसकि नविकरण हुन नसकेका गैरसरकारी संस्थाहरुको हकमा तपशिल बमोजिम हुनेछ ।

तपशिल

चालु आर्थीक वर्ष २०७७/७८ को पौष मसान्त भित्र नविकरण का लागी निवेदन दिने गैरसरकारी संस्थाहरुले लेखा परिक्षक नियुक्ति तथा  संस्था नविकरण सम्बन्धि अन्य विवरण/ कागजात पेश गर्नु पर्दा संस्थाको कार्यसमितिको निर्णय बाट गरेमा मान्य हुने ।

मिति २०७७ असोज मसान्त भित्र निवेदन दिएका संस्थाको नविकरण असोज भित्र हुन नसकी कार्तिक महिनामा भए पनि संस्था दर्ता नियमावली, २०३४ को नियम ५ को उपनियम २ बमोजिमको दस्तुर मात्र लाग्ने ।

२०७७ को पौष मसान्त भित्र नविकरण का लागी निवदेन दिने कुनै गैर सरकारी संस्थाको नविकरण भई नसकेको अवस्थामा संस्थाले कारण खोली निवेदन दिएमा संस्था नविकरणको क्रममा रहेको भन्ने ब्यहोराको पत्र जिल्ला प्रशासन कार्यालय हरुले बनाईने ।

कोभिड– १९ कारण नविकरण क्रममा आवश्यक हुने कर चुक्क्ता वा कर विवरण बुझाएको वा कर नलाग्ने सम्बन्धि पत्र पेश गर्न नसक्ने संथालाई पौष मसान्त २०७७ भित्र त्यस्तो बुझाउने कबुलयत गराई नविकरण गरिने  ।

अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /परिपत्र/ स्पष्टिकरण  (Notice/ Circular/ Clarification) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।