आकर्षित हुने दफा भुक्तानीमा कर कट्टी हुने भुक्तानी भुक्तानीमा कर कट्टीको दर %
दफा ८७ (१) रोजगारीको आय (पारिश्रमिक) अनूसुची-१ को दफा १ मा तोकिएको
दफा ८८(१) नेपालमा स्रोत भएको ब्याज भुक्तानी १५
दफा ८८(१) प्राकृतिक स्रोत, रोयल्टी, सेवा शल्कु, कमिसन, बिक्री बोनस, अवकाश भुक्तानी आदि १५
दफा ८८(१)   ९२(१)
(ज)
बैठक भत्ता, पटके रूपमा गररएको अध्यापन गराए बापत, प्रश्नपत्र  तयार गरे वा उत्तर पुस्तिका जााँच गरे बापतको भुक्तानी १५
दफा ८८(१)(१) नेपाल सरकारबाट भएको अवकाश भुक्तानी वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीबाट रु. ५,००,०००/- वा भुक्तानी रकमको  ५० प्रतिशत मध्ये जनु बढी हुन्छ सो घटाई बााँकी रहने भुक्तानी ५
दफा ८८(१)(२) बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशन ५
दफा ८८(१)(३) वायुयानको  लिज (पट्टा) बापतको रकम भुक्तानी १०
दफा ८८(१)(४) मूल्य अभिबृद्वी  करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको सेवा शूल्कमा वा मूल्य अभिबृद्वी कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शल्कु १.५
दफा ८८(१)(५)
९२(१)(ख)
व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा १०
दफा ८८(१)(५) बासिन्दा व्यक्तिले नेपालमा   स्रोत भएको भाडा भुक्तानी १०
 ८८(१)(५)(क) मूल्य अभिबृद्वी  करमा दर्ता भई सवारी साधन भाडामा दर्ता   व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकम १.५
दफा ८८(१)(६) सामुहिक लगानी कोष (म्यूचअलु फण्ड) बाट वितरण गरिने प्रतिफल  
-प्राकृतिक व्यक्तिलाई 
-अन्य व्यक्तिलाई 
५
१५
दफा ८८(१)(७) बासिन्दा व्यक्तिले भू उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दूरसञ्चार सम्बन्धि उपकरण वा विध्युत प्रशारण लाइन प्रयोग गरे बापतको भुक्तानी १०
दफा ८८(१)(८) ढुवानी सेवा बापतको तथा ढुवानी साधन भाडामा दिए बापतको भुक्तानी   रकम २.५
दफा ८८(१)(८) मूल्य अभिबृद्वी  करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकम १.५
दफा ८८(१)(९) बासिन्दा बैंक तथा वित्तीय संस्थाले नेपाल    राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्न विदेशी बैंकबाट विदेशी मद्रामा  ऋण बापतको ब्याज भुक्तानी   १०
दफा ८८(२)(क) लाभांश  ५
दफा ८८(२)(ख) लगानी बीमाको लाभ ५
दफा ८८(२)(ग) स्वीकृत नग्रलएको अवकाश कोषबाट लाभको भुक्तानी ५
दफा ८८(३) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको खण्डमा बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित काननु बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपर, डिबेन्चर तथा सरकारी बण्डको बापत भुक्तानी गर्ने ब्याज  ५
दफा ८८क.(१) आकस्मिक लाभ २५
दफा ८९(१) ठेक्का वा करार बापत रु.५०,०००/- भन्दा बढी रकमको भुक्तानी  १.५
दफा ८९(३)(क) गैर बासिन्दा व्यक्तिलाई भुक्तानी  हुने  ठेक्का वा करारमा  ५
दफा ८९(३)(ख) गैर बासिन्दा बीमा कम्पनीलाई भुक्तानी हुने प्रिमियम वा गैर बासिन्दा बीमा कम्पनीबाट पुनर्बिमा बापत प्राप्त हुने  प्रिमियम रकमबाट दिईने कमिसन  १.५
दफा ८९(३)(ग) गैर बासिन्दा व्यक्तिलाई हुने अन्य भुक्तानी विभागले लिखित सूचना दिए बमोजिम
दफा ८९(३क) उपभोक्ता समिति  मार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैयााँ भन्दा बढीको भुक्तानी  १.५
दफा ८८(१)(५)(ख) प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकममा कर कट्टी गर्नु नपर्ने
दफा ८८(१)(१०) उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित काननु बमोजिम भुक्तानी काडथ, इमनी (वालेट), मोबाइल बैकिंग जस्ता विद्युतीय  भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने  प्रोत्साहन रकममा कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसगाँ सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(क१)  पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्तानी कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(ख) बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(ग) कर छुट पाएको भुक्तानी कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(घ) क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इन्टररिजनल इण्टरचेन्ज शल्कु कर कट्टी गर्नु नपर्ने
दफा ८८(४)(ङ) सामुहिक लगानी कोष (म्यचु अलु फण्ड) लाई भुक्तानी गरिएको  लाभांश र ब्याज  कर कट्टी गर्नु नपर्ने
 दफा ८८क.(२) साहित्य, कला, संस्कृति, खेलखुद, पत्रपत्रिका, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय  र अन्त्तराष्ट्रियस्तरका पाँच लाख रुपैयााँसम्मको पुरस्कारहरु कर कट्टी गर्नु नपर्ने
दफा  ९५क.(१) कमोडीटि फ्यूचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा कमोडीटि फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने निकायले असलु गर्नुपर्ने अग्रिम कर दफा  ९५क.(२)(क)
दफा  ९५क.(२)(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्ग बाट प्राप्त लाभको भुक्तानी बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ५
दफा  ९५क.(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको
नि:सर्ग बाट प्राप्त लाभको भुक्तानी  बासिन्दा निकायको हकमा

१०
दफा  ९५क.(२)(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको
नि:सर्ग बाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा 
२५
दफा  ९५क.(२)(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको
नि:सर्ग बाट प्राप्त लाभको भुक्तानी   बासिन्दा प्राकृतिक व्यक्तिको हकमा
१०
दफा  ९५क.(२)(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको
नि:सर्ग बाट प्राप्त लाभको भुक्तानी   बासिन्दा निकायको हकमा
१५
दफा  ९५क.(२)(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको नि:सर्ग बाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा २५
दफा ९५क.(५)(क) प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन नि:सर्ग बापत भएको पुँजीगत लाभमा सम्पतिको स्वामित्व पाँच बर्ष वा सो भन्दा बढी भएकोमा २.५
दफा ९५क.(५)(ख) प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन नि:सर्ग बापत भएको पुँजीगत लाभमा सम्पतिको स्वामित्व पाँच बर्षभन्दा कम भएकोमा ५
दफा ९५क.(६)  दफा ९५क.(५) मा लेखिए देखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन नि:सर्ग  भएको मूल्यमा  १.५
दफा ९५क.(६क) विदेशमा अध्ययन गर्न जाने विधार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शल्कु बापत विदेशी मुद्राको सटही सुविधा  उपलब्ध गराउने बासिन्दा बैंक वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शल्कु बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत  १५
दफा ९५क.(७) व्यापारिक प्रयोजनको लाग्रग पैठारी हुने  भन्सार दरबन्दीको भाग
१ मा पर्ने रााँगा, भैसी, खसी, बोका, च्याङिा, भाग ३ मा पर्ने जीवित,ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फुलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु, प्याज, सख्खा तरकारी, लसनु , बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफुलहरूमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा 
५
भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आटााँ तथा पिठो, भाग १२ को जडिबुटी, उखु  र भाग १४ को वनस्पतिजन्य उत्पादनमा २.५

 अन्तिम रूपमा कर कट्टी हुने  भुक्तानी  (दफा ९२)

देहायका भुक्तानीलाईु   अन्तिम रूपमा कर कट्टी हुने  भुक्तानी मानिनेछ:

(क) बासिन्दा कम्पनी वा साझेदारी फमलथे भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय सञ्चालन गरररहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सो संग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा,

(ग) बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,

(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृत नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेखित बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित काननु बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याज:

(१)   नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

(२)  दफा २ को खण्ड (ध) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको ।

(च)  दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम गरै बासिन्दा व्यक्तिलाई दिईएको कर कट्टी हुने पर्ने भुक्तानी।                                                    

(छ)  नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृत नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानी समते सबै प्रकारका अवकाश भुक्तानी (नियमित रूपमा भुक्तानी हुने निवृत्तभरण बाहेक),

(ज) प्रति बैठक बीस हजार रुपैयााँसम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए बापत, प्रश्नपर तयार गरे वा उत्तर पजस्तका जााँच गरे बापतको भुक्तानी,   

(झ) आकस्मिक लाभ बापतको भुक्तानी      ,

(ञ) सामुहिक लगानी कोष (म्यचु अलु फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम।

(ट) एकलौटी फर्म बाहेकका प्राकृतिक व्यक्तिको सवारी साधन वा ढुवानी सेवाको भाडा बापतको भुक्तानी।

अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /परिपत्र/ स्पष्टिकरण  (Notice/ Circular/ Clarification) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।