Patan Dhoka Lalitpur-3, Nepal

८.१  कर लेखाङ्कन भन्नाले आयकर प्रयोजनको निमित्त अपनाउनु पर्ने लेखाङ्कन पद्दती (Tax Accounting System) लाई बुझाउँछ । लेखाङ्कन पद्दतिले आय लेखाङ्कनमा उल्लेख्य असर समेत गर्ने अवस्थालाई ध्यानमा राखी कर लेखाङ्कनमा एकरूपता तथा नियमितता  (Consistency)  कायम राख्ने उद्देश्यले आयकर ऐन, २०५८ मा कर प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप लेखाङ्कन गरिनुपर्ने व्यवस्था गरेको छ ।

आयकर ऐनमा स्पष्टरूपमा लेखाङ्कनको तरिका खुलाइएको अवस्थामा सोही बमोजिम र नखुलाइएको अवस्थामा लेखाको सर्वमान्य सिद्धान्त अनुरूप लेखाङ्कन (Accounting) गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा नेपाल लेखामान बोर्डले तयार गरी नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (Institute of Chartered Accountants of Nepal, ICAN) ले जारी गरेका नेपाल लेखामान (Nepal Accounting Standard/Nepal Financial Reporting Standard)  र सो नभएको अवस्थामा अन्तर्राष्ट्रिय लेखामान  (International Accounting Standard/International Financial Reporting Standard) वा अन्य प्रचलित सिद्धान्त (Best Practice) का आधारमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । यस प्रकार लेखाङ्कनको सन्दर्भमा ऐनमा रहेको कर लेखाङ्कन सम्बन्धी व्यवस्थाका विविध पक्षहरूको व्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेकोछ ।

८.२ कर लेखाङ्कन र समय

८.२.१ ऐनको दफा २२ ले कर लेखाङ्कन र समयको सन्दर्भमा निम्नानुसार व्यवस्था गरेको छः

(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप हुनेछ ।

आयकर प्रयोजनका लागि आयमा समावेश गर्ने र खर्चलाई मान्यता दिने सन्दर्भमा कर लेखाङ्कनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आयकर ऐनमा एवम् प्रचलित कानुनमा विशेष रूपमा उल्लेख नभएमा लेखाको सर्वमान्य सिद्धान्त अनुरूप लेखाङ्कनको तरिका एवं समयको निर्धारण गरिन्छ ।

लेखाका सर्वमान्य सिद्धान्त भन्नाले लेखाका अवधारणालाई वुझाउँछ । लेखाङ्कन सम्बन्धी व्यवस्था व्यवसायको कारोबारलाई दर्शाउने भाषा भएको हुँदा सबैका लागि जानकारी गराउने उद्देश्यले केही लेखाका अवधारणाहरू प्रतिपादन गरिएका छन्जसलाई लेखा राख्ने व्यक्तिहरूले पालन गर्नुपर्ने व्यवस्था संसारभरिनै लागू छ । ती अवधारणाहरू निम्नानुसार छोटकरीमा व्याख्या गरिएको छ ।

१) Business Entity:- व्यवसाय र व्यवसायको स्वामित्व धारण गर्ने व्यक्ति (Owner)  फरक फरक व्यक्ति हुन भन्ने अवधारणाबाट व्यवसायका सम्पूर्ण कारोबारहरू लेखाङ्कन गरिएका हुन्छन्। यदि यस्तो प्रकारको अवधारणाबाट कारोबारको लेखाङ्कन नगर्ने हो भने मालिकको व्यक्तिगत कारोबार पनि व्यवसायको कारोबारसँग सम्मिश्रण भईव्यवसायको वास्तविक कारोबारको स्थिति चित्रण गर्न सकिदैन ।

२) Money Measurement:- यस अवधारणा बमोजिम व्यवसायमा हुने कारोबार मुद्रा  (Money) मा भएको अवस्थामा मात्र लेखाङ्कन गरिन्छ । कुनै व्यवसायमा नयाँ साझेदारलाई सहभागी गराउनको लागि गरिने सम्झौता वा प्रमुख कार्यकारी नियुक्ति जस्ता घटना मौद्रिक कारोबार (Monetary Transaction) नभएको कारण त्यस्ता घटनालाई लेखामा लेखाङ्कन गरिदैन ।

३) Cost:- यस अवधारणा बमोजिम जति मूल्यमा कारोबार भएको हो, सोही मूल्यमात्र लेखाङ्कन गर्नु पर्दछ । कुनै एक जग्गाको बजार मूल्य रु.५ लाख पर्ने रहेछ । तर उक्त जग्गा असम्बद्ध व्यक्तिबाट रु.३ लाखमा खरिद गरेको रहेछ भने जग्गा खरिदमा उक्त जग्गाको भुक्तानी (कारोबार) मूल्य रु.३ लाख भएको हुँदा सोही मूल्य (Cost) मा लेखाङ्ककन गरिन्छ । यस अवस्थामा लेखाङ्कनको निमित्त बजार मूल्य (रु.५ लाख) लाई स्थान दिइदैन ।

४) Going Concern:- व्यवसाय क्षणिक समयको लागि मात्र सञ्चालन नगरी निरन्तररूपमा चलिरहन्छ भन्ने अवधारणा अनुसार लेखाङ्कन गरिन्छ ।

५) Dual Aspect:- कुनै पनि कारोबारको लेखाङ्कन दोहोरो श्रेस्ता प्रणाली अन्तर्गत रहेर गरिन्छ । उदारहणको लागि — एकलौटी व्यवसाय गर्ने व्यक्तिले व्यवसाय सञ्चालन गर्नका लागि रु.१ लाख पुँजी लगानी गरेको रहेछ भने यस अवस्थामा पुँजी आएको हुँदा नगद (सम्पत्ति) रु.१ लाख Debit गरिन्छ भने Capital (दायित्व) रु.१ लाखले Credit गरिन्छ ।

६)Types of Accounting:- कुनै पनि कारोबारको लेखाङ्कन गर्ने मूलतः दुई वटा तरिका छन। ती हुन्नगद आधारमा हुने लेखाङ्कन र एक्रुअल आधारमा हुने लेखाङ्कन । संसारभर कारोबारकोलेखाङ्कन यी दुई मध्ये कुनै एक तरिकाबाट गर्ने गरेको पाइन्छ । नगद आधारमा हुने लेखाङ्कन अन्तर्गत कुनै कारोबार बापत प्राप्त हुनुपर्ने रकम प्राप्त भएको वा भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिएको बखत आय वा खर्चको लेखाङ्कन गरिन्छ । यो तरिका अपनाई लेखाङ्कन गर्ने व्यक्तिले आय बापत प्राप्त हुनुपर्ने रकम प्राप्त नहुन्जेल आय लेखाङ्कन नगर्ने र खर्च बापत तिर्नुपर्ने रकम भुक्तानी नदिउन्जेल खर्च लेखाङ्कन नगर्ने प्रचलन छ ।

त्यस्तै, एक्रुअल आधारको लेखाङ्कन अन्तर्गत आयको हकमा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ र खर्चको हकमा तिर्नुपर्ने दायित्व सिर्जना हुनासाथ आय वा खर्चको लेखाङ्कन गरिन्छ । यो तरिका अपनाई लेखाङ्कन गर्ने व्यक्तिले आय बापत प्राप्त हुनुपर्ने रकम प्राप्त नभए पनि आय लेखाङ्कन गर्ने र खर्च बापत तिर्नुपर्ने रकम भुक्तानी नदिए पनि खर्च लेखाङ्कन गर्ने प्रचलन छ ।

सामान्यतया कर लेखाङ्कनको सन्दर्भमा तल उल्लिखित अवस्थालाई आधार मानिन्छ:

आयकर ऐनमा तोकिएको आधारमा,

प्रचलित कानुनमा तोकिएको आधारमा,

नेपाल चार्टर्ड एकाउटेण्ट संस्थाबाट अवलम्बन गरिएको लेखामानको आधारमा,

कुनै अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आन्तरिक राजस्व विभागबाट तोकिएको आधारमा, तथा

प्रचलित उत्तम अभ्यास ९द्यभकत एचबअतष्अभ० को आधारमा विभागले तोकेको आधारमा ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ प्राकृतिक व्यक्तिले आयकर प्रयोजनको लागि आफ्नो रोजगारी तथा लगानीबाट प्राप्त आयको लेखाङ्कन नगद प्राप्ति (Cash Receipt) भएको आधारमा गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ ।

उदाहरण ८.२.१ः मानौं, कमल परियार कृषि सामग्री संस्थानमा कार्यरत कर्मचारी रहेछन् । निजले २०७२ श्रावण देखि २०७३ आषाढ मसान्तसम्म प्रति महिना रु.२०,०००।– का दरले पाउनु पर्ने तलब भत्ता बापतको कुल रकम रु.२,४०,०००।–, २०७३ श्रावणमा मात्रै प्राप्त गरे । यस अवस्थामा नगदको आधारमा लेखाङ्कन गरिने कारणले गर्दा रकम प्राप्त गरेको महिना २०७३ श्रावणमा कर प्रयोजनको लागि आयमा लेखाङ्कन गर्नुपर्ने हुन्छ । तसर्थ यो पद्दति अनुसार जुनसुकै आय वर्षको आय भए तापनि जुन आय वर्षमा आय प्राप्त भयो सोही आय वर्षमा आयको रूपमा लेखाङ्कन गर्नु पर्दछ । 

(३) कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।

कर प्रयोजनमा कम्पनी भन्नाले कर्पोरेट प्रयोजनको कम्पनीभन्दा व्यापक अर्थ हुन्छ । कर प्रयोजनमा रहेको कम्पनीमा पर्ने निकायहरूको विवरण परिच्छेद २ मा दिइएको छ । यस्ता कम्पनीले एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्टयाइएको छ ।

उदाहरण ८.२.२ः मानौं, कमल सर्भिसेज एण्ड कम्पनी प्रा.लि.ले कृषि सामग्री संस्थानमा सुरक्षा गार्ड उपलब्ध गराउने सम्झौता गरेका रहेछन्र यस क्रममा सो कम्पनीले २०७१ आषाढमा ५ जना सुरक्षा गार्ड उपलब्ध गराएको रहेछ । सुरक्षा गार्ड उपलब्ध गराएबापत सम्झौता बमोजिम सो महिनाको बीजक मूल्य रु.३०,०००।– हुन आउँने रहेछ । यसरी सुरक्षा गार्ड उपलब्ध गराए बापत सो कम्पनीले कृषि सामग्री संस्थानबाट रु.३०,०००।– पाउने अधिकार सिर्जना भएकोले कृषि सामग्री संस्थानबाट नगद भुक्तानी प्राप्त नभए पनि सो कम्पनीले उपर्युक्त बमोजिमको रु.३०,०००।– लाई आ.व.२०७१।०७२ को आयमा समावेश गर्नु पर्दछ ।

(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रुयल आधारमा लेखाङ्कन गर्न सक्नेछ ।

प्राकृतिक व्यक्तिले रोजगारी र लगानीबाट प्राप्त आयको गणना गर्दा र कम्पनीले कर प्रयोजनको लागि लेखाङ्कन गर्दा क्रमशः नगद र एक्रुयलको आधारमा नै गर्नु पर्दछ । यस बाहेकका अवस्था, जस्तै प्राकृतिक व्यक्ति वा २० जनाभन्दा कम साझेदार भएका साझेदारी फर्मले व्यवसायको कर लेखाङ्कन गर्दा नगद वा एक्रुयल जुनसुकै आधारमा गर्न पाउँदछ ।

अनिवार्य तोकिएका प्राकृतिक व्यक्तिको रोजगारी आय र लगानी आय नगद आधार
अनिवार्य तोकिएका कम्पनी एक्रुयल आधार
इच्छाधीन प्राकृतिक व्यक्तिको व्यवसायको आय२० जनाभन्दा कम भएको साझेदारीको आय लगायत कम्पनी बाहेक अन्य निकायको आय कारोबारको पहिलो वर्ष, इच्छानुसार र सो पछाडि विभागबाट स्वीकृत प्राप्त गरे बाहेक सोही आधारमा निरन्तरता

(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीनमा रही कर लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ ।

त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखाङ्कन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा विभागले लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ । सामान्यतया एक पटक अवलम्बन गरिएको लेखाङ्कन तरिका निरन्तर (Consistent) रूपमा प्रयोग गरिनु पर्दछ । तथापि कम्पनी बाहेक अन्य व्यक्तिले आफ्नो व्यवसायको लेखाङ्कन समान किसिमको व्यवसाय गर्ने अन्य व्यक्तिले गर्ने लेखाङ्कन तरिका भन्दा भिन्न भएको कारण तुलना गर्न कठिन हुन गएको महसुस गरेमा वा अन्य कुनै उचित कारणले लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिन सक्नेछ । अर्थात नगद आधारमा लेखाङ्कन गरिआएको व्यक्तिले एक्रुयलको आधारमा लेखाङ्कन गर्न चाहेमा वा एक्रुयलको आधारमा लेखाङ्कन गरिआएको व्यक्तिले नगद आधारमा लेखाङ्कन गर्ने गरी लेखाङ्कन तरिका परिवर्तन गर्न चाहेमा विभाग समक्ष निवेदन दिन सक्नेछ । आम्दानी स्पष्ट देखाउन लेखाङ्कनको तरिका परिवर्तन गर्न आवश्यक लागेमा विभागले सो परिवर्तनको लागि स्वीकृति दिन सक्नेछ ।

(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।

 नियम ८ ले कर लेखाङ्कनको तरिकाकोसन्दर्भमा निम्नानुसार व्यवस्था गरेको छः

(१) ऐनको दफा २२ बमोजिम कर लेखाङ्कन गर्दा प्रचलित कानुन बमोजिम लेखामानको व्यवस्था भए सोही बमोजिम गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा विभागले तोकेको लेखामान अनुसार कर लेखाङ्कन गर्नु पर्नेछ ।

प्राकृतिक व्यक्तिले आफ्नो रोजगारी र लगानीको आयको लेखाङ्कन नगद आधार (Cash Basis) मा गर्नु पर्दछ भने व्यवसायको आय भने एक्रुयल (Accrual) वा नगद आधारमा लेखाङ्कन गर्नुपर्ने हुन्छ । कम्पनीले आफ्नो आयको लेखाङ्कन Accrual Basis मा नै गर्नुपर्ने हुन्छ । अन्य अवस्थामा भने प्रचलित लेखा व्यवस्थाको अधारमा नगद वा एक्रुयलको आधारमा लेखाङ्कन गर्न सकिनेछ । यसरी प्रयोग गरिने लेखाङ्कन नीति लेखाको सर्वमान्य सिद्वान्त बमोजिम निरन्तररूपमा (Consistently) पालन गर्नुपर्ने हुन्छ । प्रचलित कानुनमा कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा भने विभागले प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा तोकेको लेखामान बमोजिम लेखाङ्कन गर्नु पर्दछ ।

प्रचलित लेखामान अनुसार एवम् ऐनको दफा २२ को उपदफा (५) बमोजिम समेत लेखाङ्कन तरिकामा सामान्यतयाः परिवर्तन गर्न पाइदैन । तथापि प्रचलन (Industrial Practices)को आधारमा लेखाङ्कन तरिका परिवर्तन गर्न आवश्यक लागेको खण्डमा विभाग समक्ष निवेदन दिनु पर्दछ र सो कुरा विभागलाई उचित लागेमा कर प्रयोजनको लागि लेखाङ्कन तरिका परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ । प्राकृतिक व्यक्तिको रोजगारी र लगानी नगद आधारमा र कम्पनीको आयको लेखाङ्कन कर प्रयोजनको लागि Accrual Basis मा नै हुनुपर्ने हुनाले यी व्यवस्थाको परिवर्तनका लागि भने निवेदन दिन सक्ने छैनन् । यसरी कर प्रयोजनको लागि लेखाङ्कन तरिका विभागको स्वीकृति लिई परिवर्तन गरेको खण्डमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्टयाइएको छ ।

उदाहरण ८.२.३ः मानौं, देवेन महरा एक कानुन व्यवसायी रहेछन्। निजले आफ्नो पेशाबाट प्राप्त हुने आय नगदको आधारमा लेखाङ्कन गरी आएका रहेछन् । निजले आ.व.२०७१।०७२ मा Cash Basis बाट Accrual Basis मा लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिएका रहेछन् । हिसाब किताब प्रचलित लेखा सिद्धान्तसँग मेल खाने भएकोले विभागले समेत सो परिवर्तन लाई आ.व.२०७१।०७२ देखि लागू हुनेगरी स्वीकृति दिएकोरहेछ । यसरी लेखाङ्कन परिवर्तन हुनु अघिको अवस्थामा निजको हिसाब किताबको अवस्था निम्नानुसार रहेछ ।

१. २०७०।०७१ सम्म सेवा दिइसकेको तर नगद प्राप्त नभएको हुँदा सो आ.व.मा आम्दानीमा समावेश नगरेको। रु.८०,०००।–
२. २०७०।०७१ सम्म सेवा बापत पेश्की लिएको (सेवा प्रदान २०७१।०७२) तर सेवा प्रदान गर्न बाँकी भए तापनि नगद आधारमा सो आ.व.मा आम्दानीमा समावेश गरेको। रु.३०,०००।–
३. २०७० माघदेखि २०७१ पौष मसान्तसम्मको घरबहाल आ.व. २०७०।०७१ मा भूक्तान गरेको र नगद आधारमा आ.व. रु.४८,०००।–
२०७०।०७१ का खर्च कट्टी दाबी गरी सकेको

उपर्युक्त अवस्थामा आ.व.२०६५।६६ मा निजले निम्नानुसार आय तथा कट्टी दाबी समायोजन गर्नुपर्ने हुन्छ । १. आ.व.२०७०।०७१ सम्म सेवा प्रदान गरिसके बापत प्राप्त हुन बाँकी रु.८०,०००।– लाई आ.व.२०७१।०७२ मा आम्दानीमा समावेश गर्नुपर्ने । २. २०७०।०७१ सम्म सेवा प्रदान गर्नु अगावै पेश्की लिएको रकम आ.व.२०७१।०७२ मा सेवा प्रदान गरे तापनि आय २०७०।०७१ मा नै गणना भइसकेको हुँदा रु.३०,०००।– आ.व.२०७१।०७२ मा सेवा प्रदान भए तापनि सो आ.व.को आयमा समावेश गर्नु नपर्ने । ३. घर बहाल खर्च पेश्की रु.४८,०००।– मध्ये ६ महिनाको रु.२४,०००।– आ.व. २०७१।०७२ सँग सम्बन्धित भए तापनि नगद आधारमा आ.व.२०७०।०७१ मा नै कट्टी दाबी गरी सकेको हुँदा आ.व.२०७१।०७२ मा कट्टी दाबी गर्न नपाउने । आ.व.२०७१।०७२मा यस्ता आय तथा कट्टी दाबी गर्ने खर्च रकमहरू दोहोरो नपर्ने गरी समायोजन गरे पश्चात त्यस पछिका आय वर्षमा भने Accrual basis मा लेखाङ्कन गर्नु पर्दछ ।

८.२.२ लेखाङ्कन नीति (Accounting Policy) ले आय लेखाङ्कनमा उल्लेखनीय असर समेत गर्ने अवस्थालाई ध्यानमा राखी एकरूपता तथा नियमितता (Consistency ) समेत कायम राख्ने उद्देश्यले आयकर ऐन, २०५८ मा कर प्रयोजनको लागि ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप लेखाङ्कन गरिनुपर्ने व्यवस्था गरेको छ । उपर्युक्त बमोजिम ऐनमा स्पष्ट रूपमा लेखाङ्कनको प्रक्रिया खुलाइएको अवस्थामा सोही बमोजिम र अन्यथा भएकोमा लेखाको सर्वमान्य सिद्धान्त अनुरूप कर प्रयोजनको लागि लेखाङ्कन (Accounting) गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा नेपाल चार्टर्ड एकाउण्टेण्टस्संस्था (Institute of Chartered Accountants of Nepal, ICAN) ले जारी गरेका नेपाल लेखामान (Nepal Accounting Standard/Nepal Financial Reporting Standard) र सो नभएको अवस्थामा International Accounting Standard/International Financial Reporting Standard वा अन्य प्रचलित सिद्धान्तका आधारमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । आयकर प्रयोजनको लागि निम्न व्यक्तिले निम्नानुसारको लेखाङ्कन तरिका अपनाई कारोबार लेखाङ्कन गर्नु पर्दछ:–

व्यक्ति आयको शीर्षक लेखाङ्कन तरिका
प्राकृतिक व्यक्ति रोजगारी, लगानी नगद आधार
प्राकृतिक व्यक्ति (कम्पनी बाहेक अन्य निकाय समेत) व्यवसाय नगद वा एक्रुयल आधार
कम्पनी व्यवसाय, लगानी एक्रुयल आधार

८.३ नगद आधारको लेखाङ्कन:

८.३.१ ऐनको दफा २३ ले नगद आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः

कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–

(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।

(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।

नगद प्राप्त भएपछि आम्दानीमा समावेश गर्ने एवम् नगद भुक्तानी भएपछि मात्रै खर्च लेख्ने प्रणालीलाई नगद आधारमा लेखाङ्कन गर्ने पद्दति मानिन्छ । नगद आधारमा लेखाङ्कन भए तापनि दफा १५ का खर्चहरूलाई भने एक्रुयल आधारमा नै खर्च लेखाङ्कन गर्नु पर्दछ ।

नगद आधारमा लेखाङ्कन सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्टयाइएको छ ।

उदाहरण ८.३.१ः मानौं, मोहन कसजू एण्ड सन्स् एकलौटी फर्म रहेछ । उक्त फर्मले आफ्नो आम्दानी खर्च आयकर प्रयोजनको लागि ऋबकज द्यबकष्क मा लेखाङ्कन गर्ने गरेको रहेछ । आ.व. २०६५।६६ मा निजको सो फर्मको कारोबारको अवस्था निम्न रहेछ ।

क. २०६४।६५ मा उधारोमा बिक्री गरेकोमध्ये आ.व.२०६५।६६ मा नगद प्राप्त रु.५०,०००।–

ख. २०६५।६६ मा कुल बिक्री रु.१०,००,०००।– मध्ये रु.९,००,०००।– नगद प्राप्त

ग. २०६५।६६ मा कर्मचारीहरूको तलब खर्च रु.२,००,०००।– मध्ये रु.१,८०,०००।– भुक्तान दिइसकेको रु.२०,०००।– मिति २०६६।४।१४ मा मात्र भुक्तानी दिएको ।

घ. बिक्रीको लागत रु.६,००,०००।– भुक्तानी भइसकेको ।

ङ. आ.व.२०६५।६६ मा आ.व.२०६६।६७ को घरबहाल रु.१,००,०००।– अग्रिम भुक्तानी गरेको ।

च. आ.व.२०६५।६६ को बहाल रकम रु.९०,०००।– आ.व.२०६४।६५मानै नगद भुक्तान गरी सकेको ।

छ. आ.व.२०६५।६६ को कुलब्याज खर्च रु.६०,०००।– मध्ये रु.१०,०००।– मिति २०६६।४।२० मा मात्र भुक्तान गरेको ।

उपरोक्तानुसार नगद आधारमा आ.व.२०६५।६६ मा सो फर्मको आयको गणना निम्नानुसार गर्नुपर्ने हुन्छ ।

विवरण कट्टी रकम रु. आय रु.
क. २०६४।६५ को बिक्री बापत नगद प्राप्ति ५०,०००।–
ख. २०६५।६६ को नगद बिक्री ९००,०००।–
ग. २०६५।६६ मा कर्मचारीलाई नगद भुक्तान गरेको तलब १८०,०००।–
घ. बिक्रीको लागत ६००,०००।–
ङ. २०६५।६६ मा नगद भूक्तान गरेको घर बहाल १००,०००।–
च. २०६५।६६ मा आ.व.२०६५।६६ को बहाल भुक्तान भएको (आ.व.२०६५।६६ मा भुक्तान नभएको) -
छ. ब्याज नगद भुक्तानी ५०,०००।–
जम्मा रु. ९,३०,०००।– ९५०,०००।–

यस प्रकार उपर्युक्त फर्मले आयकर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गरेको अवस्थामा माथि उल्लेख गरे बमोजिम रु.९,५०,०००।– लाई आयमा समावेश (Inclusion) गर्नुपर्ने हुन्छ भने रु.९,३०,०००।– लाई कट्टी (Deduction) दाबी गर्न सकिन्छ ।

८.४ एक्रुयल आधारको लेखाङ्कन

एक्रुयल आधारको लेखाङ्कन (Accrual Basis of Accounting) अन्तर्राष्ट्रिय प्रचलनमा रहेको लेखाङ्कन पद्घति हो । नेपाल लेखामान (Nepal Accounting Standard- 1: Presentation of Financial Statement)  ले निकायको नगद प्रवाह (Cash Flow Statement) बाहेक अन्य आर्थिक विवरण Accrual Basis मा राख्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा २२ को उपदफा (३) मा कम्पनीले कर प्रयोजनको लागि Accrual Basis मा नै लेखाङ्कन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

Accrual Basis of Accounting मा कुनै आर्थिक घटना वा कारोबार हुनासाथ नै लेखाङ्कन गरिन्छ । कारोबारहरू जुन समयसँग सम्बन्धित छ सोही समयमा नै लेखाङ्कन गरिने पद्घतिलाई एक्रुयल आधारको लेखाङ्कन भनिन्छ । यस्तो पद्घतिले आम्दानी र खर्चबीच Matching Concept लाई समेत पुष्ट्याई गर्न सहयोग पुग्ने हुन्छ । यस पद्घतिमा आय लेखाङ्कन गर्दा भुक्तानी पाउने अधिकार सिर्जना (Right to Receive) भएको अवस्थामा आय लेखाङ्कन गरिनु पर्छ भने खर्चको सन्दर्भमा भुक्तानी दिनुपर्ने दायित्व (Obligation to Pay) सिर्जना हुनासाथ

खर्च भएको मानी लेखाङ्कन गरिनु पर्दछ । अर्थात यस किसिमको लेखाङ्कन पद्घतिमा नगद प्राप्ति वा भुक्तानीलाई मात्र आधार मानिदैंन ।

ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः

(१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ ।

एक्रुयल आधारमा लेखाङ्कन गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना (Right to Receive) हुनासाथ आम्दानी लेखाङ्कन गर्नुपर्ने तथा खर्चको सन्दर्भमा भुक्तानी गर्नुपर्ने दायित्व सिर्जना (Obligation to Pay) हुनासाथ खर्च लेखाङ्कन गर्नुपर्ने हुन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्टयाइएको छ ।

उदाहरण ८.४.१ः मानौं, माथि उदाहरण ८.३.१ मा उल्लिखित मोहन कसजू एण्ड सन्स्ले आफ्नो आम्दानी खर्च आयकर प्रयोजनको लागि ब्अअचगब िदबकष्क मा लेखाङ्कन गरेको अवस्थामा सो उदाहरणमा उल्लिखित कारोबार निम्नानुसार आयमा समावेश गर्नुपर्ने र कट्टी दाबी गर्नु पर्ने हुन्छ ।

बिबरण कट्टी रकम रु. आय रु.
क. २०६४।६५ को बिक्री बापत आ.व.२०६५।६६ मा नगद प्राप्ति -
ख. २०६५।६६ को बिक्री १०,००,०००।–
ग. २०६५।६६ को कर्मचारीको तलब खर्च २,००,०००।–
घ. बिक्रीको लागत ६००,०००।–
ङ. २०६५।६६ को घर बहाल खर्च ९०,०००।–
च. २०६५।६६ मा आ.व.२०६६।६७ को बहाल भुक्तान भएको (पेश्की) -
छ. ब्याज खर्च ६०,०००।–
जम्मा रु. ९,५०,०००।– १०,००,०००।–

यस प्रकार उपर्युक्त फर्मले आयकर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गरेको अवस्थामा माथि उल्लेख गरे बमोजिम रु.१०,००,०००।– लाई आयमा समावेश (Inclusion) गर्नुपर्ने हुन्छ भने रु.९,५०,०००।– लाई कट्टी (Deduction) दाबी गर्न सकिन्छ ।

(२) उपदफा (१) मा उल्लेखभए बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछः–

(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछः–

(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,

एक्रुयल आधारमा खर्च कट्टी हुन निम्न अवस्था पूरा हुनु पर्दछः

पहिलो अवस्थाः भुक्तानी पाउने व्यक्ति निश्चित (Fixed Party Obligation - liability) हुनु पर्दछ, अनिश्चित पार्टी भएको खर्च व्यवस्था (Probable Obligation- Provision) हुन्छ र व्यवस्था खर्च कट्टी हुँदैन ।

मानौ शैलेश भन्ने व्यक्तिले सिटी कम्प्यूटर प्रा.लि.बाट रु.१,००,०००।– मा कम्प्यूटर उधारो/नगदमा खरिद गरेको रहेछ । उक्त कम्प्यूटरको स्वामित्व सिटी कम्प्यूटरबाट शैलेश  भन्ने व्यक्तिमा हस्तान्तरण भएको हँुदा निज शैलेशले रु.१ लाख सिटी कम्प्यूटर प्रा.लि.लाई तिर्नुपर्ने दायित्व सिर्जना भयो ।

(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरकढङ्गले अनुमान गर्न सकिने भएकोमा, र

दोस्रो अवस्थाः एक्रुयल आधारमा खर्च कट्टी गर्न सो खर्चको रकम निश्चित (Measurable) हुनु पर्दछ । तिर्ने दायित्व नै भएमा पनि रकम अनिश्चित भएमा वित्तीय विवरणमा अनुमानित रकमको खर्च व्यवस्था (Estimated loss-Provision) हुन्छ र व्यवस्था खर्च कट्टी हुदैन ।

माथि उल्लेख गरिएको उदाहरणमा शैलेशले सिटी कम्प्यूटर प्रा.लि.बाट रु.१ लाखको समान खरिद गरेको र सो सामानको वील समेत काटी सकेको हँुदा उक्त दायित्वको मूल्य रु.१ लाख यकिन हुने हुन्छ ।

(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा

तेस्रो अवस्थाः एक्रुयल आधारमा खर्च कट्टी गर्न सो खर्चको रकम भुक्तानी पाउने पक्षबाट प्राप्त हुनुपर्ने वस्तु वा सेवा प्राप्त भए बापतको रकम हुनु पर्दछ । वस्तु वा सेवा प्राप्त नभएको अवस्थामा भुक्तानीको पक्ष निश्चित भएको वा रकम निश्चित भए तापनि सो खर्च नभई अग्रिम खर्च (Pre-paid) हुन्छ ।

अर्को व्यक्ति अर्थात माथि उल्लेख गरिएको उदारहणमा सिटी कम्प्यूटर प्रा.लि.बाट शैलेशले भुक्तानी प्राप्त  (अर्थात सामान प्राप्त) गरेको हुँदा एक्रुयल आधारमा खर्च लेख्नको लागि माथि उल्लिखित तीनवटै अवस्था पुरा गरेकोले यस्तो खरिद कारोबारलाई निजले एक्रुयल आधारमा खर्च लेख्नुपर्दछ । भुक्तानीे सम्बन्धी लेखाङ्कन तलको उदाहरणबाट थप प्रष्ट पारिएको छ ।

उदाहरण ८.४.२ः मानौं, विकास नेपाल ट्रेडिङ प्रा.लि.ले रु.५०,०००।– मूल्य पर्ने सामान स्वर्णिम प्रा.लि.लाई एक महिनापछि रकम भुक्तानी गर्ने शर्तमा बिक्री गरेको रहेछ । यस अवस्थामा स्वर्णिम प्रा.लि.ले विकास नेपाल ट्रेडिङ प्रा.लिबाट रु.५०,०००।–मूल्य पर्ने सामान प्राप्त गरेको हँुदा सो बापत स्वर्णिम प्रा.लि ले एक महिनापछि रकम भुक्तानी गर्नुपर्ने र यस्तो दायित्व यथार्थपरक ढंगले यकिन समेत गर्न सकिने भएको हुँदा स्वर्णिम प्रा.लि.ले उक्त खर्च एक्रुयलको आधारमा सोही समय कट्टी दाबी गर्न सक्दछ ।

(ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

माथि उल्लेख गरिए अनुसार व्यवस्था खर्चलाई वित्तीय विवरणमा खर्च मानिए तापनि कर प्रयोजनमा खर्च मानिदैन । तर यस्ता व्यवस्थाबाट वास्तविक भुक्तानी भएका आय वर्षमा सो खर्चलाई खर्च कट्टी दिइन्छ । यस्ता खर्चहरू भने वास्तविक भुक्तानी (Actual Payments) को आधारमा खर्च ब्यहोरेको मानिन्छ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.४.३ः मानौं, ट्रेड नेपाल एण्ड कम्पनी प्रा.लि.को आ.व. २०७१।०७२ को अन्तसम्ममा कर्मचारी सेवा शर्त नियमावलीको आधारमा रु.५,००,०००।– को कर्मचारी उपदान दायित्व सिर्जना भइसकेको रहेछ । नेपाल लेखामान अनुरूप वित्तीय विवरण तयार पार्दा कम्पनीले उक्त रकम खर्च लेखी दायित्व हिसावमा लेखाङ्कन गर्नुपर्ने हुन्छ । सो कम्पनीको कर्मचारीहरू त्यस अवस्थामा सेवा निवृत भइनसकेको एवम् भविष्यमा सेवा निवृत हुने समयसम्म उक्त दायित्व रकम फरक पर्न सक्ने भएको हुँदा उक्त उपदान बापतको दायित्व आयकर प्रयोजनको लागि यथार्थ रूपमा यकिन हुन सक्ने दायित्व मानिदंैन र वित्तीय लेखा (Financial Accounts) मा खर्च दाबी गरे तापनि आयकर प्रयोजनको लागि सो रकम कट्टी दाबी योग्य मानिदैंन । यदि सो कम्पनीले उपर्युक्त बमोजिमको दायित्व कम्पनीले उपभोग गर्न नसक्ने गरी तथा कर्मचारीहरूको नामको यकिन आधारमा अर्थात दायित्वको मूल्य यथार्थपरक ढंगले अनुमान गर्न सकिने गरी स्वीकृत अवकाश कोषमा भुक्तान गरेको भए भुक्तानीको अवस्थामैआयकर प्रयोजनको लागि कट्टी दाबी गर्न सक्ने हुन्छ । अन्यथा सो उपदान बापतको दायित्व सेवा निवृत हुँदा कर्मचारीलाई भुक्तान गरेको समयमा मात्र खर्च गरेको मान्नु पर्दछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको बैंकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ्ग सम्बन्धी प्रचलित कानुनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ ।

तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ ।

कम्पनीले कर प्रयोजनको लागि एक्रूयलको आधारमा लेखाङ्कन गरिनु पर्ने व्यवस्था गरेको भए तापनि बैंकिङ्ग व्यवसाय गर्ने निकायले भने नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ्ग सम्बन्धी प्रचलित कानुनका अधीनमा रही तोकेको लेखाङ्कन विधिलाई विभागले मान्यता दिन सक्ने व्यवस्था रहेको छ । त्यसैगरी सहकारी संस्थाले पनि ब्याज आयको लेखाङ्कन नगद आधारमा गर्न सक्दछन्।

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग व्यवसायलाई जारी गरेको प्रचलित निर्देशिका अनुसार बैंकिङ्ग व्यवसाय गर्ने निकायले कर्जा लगानीको ब्याज आय नगद प्राप्तिको आधारमा मात्र लेखाङ्कन गर्दछन्। नेपाल राष्ट्र बैंकले तोके अनुसार बैंकले आर्जन गरेकोतर नगदमा भुक्तानी प्राप्त नभएको लिन बाँकी ब्याज रकम ब्याज मुल्तवी हिसावमा जम्मा गर्ने व्यवस्था छ । बैंकिङ्ग व्यवसाय गर्ने निकायले लिन बाँकी देखाएको ब्याज र ब्याज मुल्तवी हिसावको रकम समान भएमात्र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना भएको मान्ने अवस्था छ । तर अन्य आम्दानी तथा सबै प्रकारका खर्च एक्रुयल आधारमा लेखाङ्कन गर्नुपर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.४.४ः मानौं, शूभ बैंक लि.को आ.व.२०६४।६५ को कर्जा सम्झौता बमोजिम कर्जा लगानी बापत Accrual Basis मा रु.१,५०,००,०००।– ब्याज आम्दानी भएकोमा सोमध्ये बैंकले रु.१,२५,००,०००।– नगद नै असुल गरेको र बाँकी रु.२५,००,०००।– नगद असुल हुन बाँकी रहेछ । त्यस्तै आ.व.२०६३।६४ को असुल गर्न बाँकी ब्याजमध्ये यस वर्ष रु.१,००,०००।– ब्याज नगदमा असुल भएको रहेछ भने आ.व.२०६४।६५ मा सो बैंकले रु.१,२६,००,०००।– (रु.१२५,००,००० + रु.१,००,०००।–) लाई आयमा समावेश गर्नुपर्ने हुन्छ । यसरी नगदमा असुल नभएको ब्याज रकम भने सो बैंकले ब्याज मुल्तवी हिसाब (Interest Suspense) मा लेखाङ्कन गर्नुपर्ने हुन्छ र यस्तो ब्याज रकम जुन समय नगदमा

असुल हुन्छ सोही समयमा आयमा समावेश गर्नुपर्ने हुन्छ ।

माथि उल्लिखित लेखाङ्कनका सम्बन्धमा तल उल्लिखित Accounting Entries बाट थप प्रष्ट पारिएको छः

सुरु लेखाङ्कन

Interest Receivable …. Dr.                                              1,50,00,000/-

To Interest Suspense                                                     1,50,00,000/-

आ.व.२०६४।६५ मा नगद प्राप्ति पछि लेखाङ्कन (आ.व. २०६४।६५ सँग सम्बन्धित)

Cash …. Dr.                                                                           1,25,00,000/-

To Interest Receivable                                                     1,25,00,000/-

Interest Suspense …. Dr.                                                   1,25,00,000/-

To Interest Income                                                            1,25,00,000/-

आ.व.२०६४।६५ मा नगद प्राप्तिपछिलेखाङ्कन (आ.व.२०६३।६४ सँग सम्बन्धित)

Cash …. Dr.                                                                            1,00,000/-

To Interest Receivable                                                       1,00,000/-

Interest Suspense …. Dr.                                                    1,00,000/-

To Interest Income                                                             1,00,000/-


८.५. विदेशि विनिमय नाफा वा नोक्सान :

ऐनको दफा २८ बमोजिम प्रचलित वा औसत ब्याज दरको प्रयोग गरी विदेशी मुद्रामा भएको कारोबारको आय वा खर्च लेखाङ्कन गरेको र सो कारोबार बापत प्राप्त हुनुपर्ने वा भुक्तानी दिनुपर्ने रकम कारोबार मितिभन्दा फरक रहेको अर्थात कारोबार भएको मितिभन्दा अगाडि वा पछाडि भएको अवस्था हुन सक्तछ । कारोबार मिति र भुक्तानी दिएको वा प्राप्त गरेको मितिको विनिमय दर फरक फरक हुन सक्तछ । यस्तो अवस्थामा आयको रूपमा लेखाङ्कन गरेको रकम र आयको रूपमा प्राप्त भएको भुक्तानी वा खर्चको रूपमा लेखाङ्कन गरेको रकम र खर्चको रूपमा भुक्तानी दिएको रकम फरक पर्न सक्तछ । यस्तो अवस्थामा यसरी फरक परेको रकमलाई के कसरी समायोजन गर्ने भन्ने सम्बन्धमा ऐनको दफा २८(२) मा निम्न व्यवस्था रहेको छ:

(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफुले पाउनुपर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नुपर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ ।

ऐनको उक्त व्यवस्था अनुसार कुनै व्यक्तिले ऐनको दफा २८(१) बमोजिम विदेशी मुद्रामा भएको आय वा खर्चलाई कारोबार भएको दिनको विनिमय दरले नेपाली रूपैंयाँमा परिणत गरी आय वा खर्च लेखाङ्कन गरेको र सो आय वा खर्च बापतको रकम प्राप्त गर्दा वा भुक्तानी गर्दा लेखाङ्कन भएको भन्दा घटी वा बढी रकम प्राप्त भएको वा भुक्तानी गरेको अवस्थामा सो फरकलाई भुक्तानी प्राप्त भएको वा भुक्तानी दिएको मितिमा विनिमय नाफा वा नोक्सानको रूपमा आय वा खर्चमा समावेश गर्नु पर्दछ । नेपाल लेखामानले विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकमलाई आय वर्षको अन्तिम दिनको प्रचलित विनिमय दरले हिसाव गरी नेपाली मुद्रामा परिणत गर्नुपर्ने र सोबाट भएको नाफा नोक्सानलाई सो आय वर्षको नाफा नोक्सान हिसावमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल लेखामानले गरेको सो व्यवस्था वित्तीय प्रयोजनका लागि मान्य वा बाध्यकारी भएपनि आयकर प्रयोजनका लागि भने विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकमलाई आय वर्षको अन्तिम दिनको प्रचलित विनिमय दरले हिसाव गरी सोबाट भएको नाफा नोक्सानलाई सो आय वर्षको आय वा खर्चमा समावेश गर्न मिल्दैन । आयकर प्रयोजनका लागि विदेशी मुद्रामा रहेको भुक्तानी पाउन वा दिन बाँकी रकम भुक्तानी पाएको वा दिएको दिनको विनिमय दरको हिसावले नाफा वा नोक्सानी गणना गरी त्यस्तो नाफा नोक्सान भुक्तानी पाएको वा दिएको आय वर्षको आयमा समावेस गर्नु पर्दछ । ऐनको यस व्यवस्थालाई तलका उदाहरणहरूले थप प्रष्ट पार्नेछन्ः

उदाहरण ८.५.१ः मानौं, गंगा म्यानपावर सभिसेज प्रा.लि.ले २०६४।६।५ मा Overseas International Inc. लाई कमिशन बापत US$ १०,०००/- दिनु पर्ने आधारमा खर्च कट्टी दाबी गरेको रहेछ । उक्त रकममा ५ प्रतिशतले हुन आउने कर कट्टा पछि US$ ९,५००/- कारोबारको समयमा कायम विनिमय दर रु.७५।– प्रति अमेरिकी डलरले हुन आउने रु.७,१२,५००।– लाई भुक्तानी दिन बाँकी दायित्वको रूपमा लेखाङ्कन गरेको रहेछ । उक्त प्रा.लि.ले सो Overseas International Inc लाई मिति २०६४।१२।३ मा US$ ९,५००/-

भुक्तानी पठाएको रहेछ । भुक्तानी पठाउँदा सटही दर प्रति अमेरिकी डलरको रु.७२।– रहेछ भने आ.व. २०६४।६५ मा उक्त प्रा.लि.ले निम्नानुसार आयमा समायोजन गर्नुपर्ने हुन्छ ।

१. समायोजन गर्नु अघिको भुक्तानी लिन बाँकी हिसाब                                                                                    रु.७,१२,५००।–

२. भुक्तानी पठाउँदाको विनिमय दरले हुने रकम                                                                                             रु.६,८४,०००।–

(US$,९,५००X७२)

३. आयमा समायोजन (थप) गर्नुपर्ने रकम (विनिमय नाफा)                                                                               रु.२८,५००।–

(रु.७,१२,५०० – रु.६,८४,०००।–)

उदाहरण ८.५.२ः मानौं, माथि उदाहरण ८.४.५ मा उल्लिखित गंगा म्यानपावर सर्भिसेज प्रा. लि.ले US$,9,500/- सो Overseas International Inc लाई मिति २०६४।१२।३ मा भुक्तानी पठाएको रहेछ । उक्त मितिमा अमेरिकी डलरको सटही दर प्रति अमेरिकी डलर रु.७६।– रहेछ भने आ.व.२०६४।६५ मा उक्त प्रा.लि.ले निम्नानुसार आयमा समायोजन गर्नुपर्ने हुन्छ ।

१. समायोजन गर्न अघिको भुक्तानी दिन बाँकी हिसाब                                                                                      रु.७,१२,५००।–

२. भुक्तानी पठाउँदाको विनिमय दरले हुने रकम                                                                                              रु.७,२२,०००।–

(US$ 9,500X76)

३. समायोजन (थप कट्टी दाबी) गर्नुपर्ने रकम (विनिमय नोक्सान)                                                                        रु.९,५००।–

(रु.७,२२,००० – रु.७,१२,५००।–)

उदाहरण ८.५.३ः मानौं कोलगेट नेपाल कम्पनीले मिति २०७०।२।३० गतेका दिन US $ ५०,००० बराबरको विभिन्न प्रकारका Toothpaste निर्यात बील जारी गरी निर्यात गरेको रहेछ । उक्त दिन कम्पनीले आफ्नो बिक्री किताबमा US $ ५०,०००को बिक्री हिसाव लेखाङ्कन गरेको र सोही दिन नेपाल राष्ट्र बैंकले तोकेको खरिद दर १US $ =८०।– ने.रु.मा परिणत गरी जम्मा रु.४०,००,०००।– बिक्री किताबको ने.रु.कलममा आम्दानी जनाएको रहेछ । उक्त रकम मिति २०७०।८।३ मा प्राप्त गरेकोमा प्राप्त गरेको दिन नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार १US $ = ७८ने.रु. रहेछ भने कम्पनीले जम्मा रु.३९,००,०००।– प्राप्त गर्दछ । जस अनुसार उक्त कम्पनी ले Exchange Loss बापत नोक्सान भएको रु.१,००,०००।– खर्च आ.व.२०७०।७१ मा कट्टीदाबी गर्नु पर्दछ । एवं प्रकारले मानौं, यदि US $५०,००० प्राप्त गर्दा डलरसँग नेपाली मुद्राको विनिमय खरिद दर रु.८१।– भएमा हुन आउने Exchange Gain रु.५०,०००।– लाई आ.व.२०७०।७१ मा आफ्नो आयमा समावेश गर्नु पर्दछ ।

यस उदाहरणमा मिति २०७०।३।३२ अर्थात आ.व. २०६९।७० को अन्तिम दिनको विनिमय दर मिति मिति २०७०।२।३० को भन्दा बढी वा घटी जे भएपनि सो मितिमा रहेको विनिमय दरको आधारमा पाउन बाँकी रकमको हिसाव गर्न र सो हिसाव बमोजिम हुने देखिएको विनिमय नाफा वा नोक्सानलाई आयकर प्रयोजनका लागि आयमा समावेश गर्न वा खर्च कट्टी गर्न पाइदैंन ।

उदाहरण ८.५.४ः मानौं कोलगेट नेपाल कम्पनीले मिति २०७०।२।३० गतेका दिन US $ ५०,००० बराबरको विभिन्न प्रकारका Toothpaste को कच्चा पदार्थ आयात गर्न आयात भएको मितिले १८० दिनभित्र मूल्य भुक्तानी गर्ने शर्तमा युसेन्स एल.सी. (USANCE LC) खोलेको रहेछ । सो एल.सी.बमोजिमको वस्तु सो कम्पनीले मिति२०७०।३।१५ मा बीरगञ्ज भन्सार कार्यालयबाट आयात गरेको रहेछ । उक्त दिनको विनिमय दर प्रति अमेरिकी डलर रु.८०।– रहेको हुँदा सोही मूल्यका आधारमा भन्सार जाँचपास गराई सोही दर अनुसार हुन आउने रकम रु.४०,००,०००।– खरिद खर्च लेखाङ्कन गरेको रहेछ । उक्त रकम मिति २०७०।८।३ मा भुक्तानी गर्दा सो दिन नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दर १US $ = ७८ ने.रु. रहेछ भने कम्पनीले जम्मा रु.३९,००,०००।– भुक्तानी गर्दछ । जस अनुसार उक्त कम्पनीले Exchange Gain बापत नाफा भएको रु.१,००,०००।–लाई आ.व.२०७०।७१ मा आयमा समावेश गर्नुपर्दछ । एवं प्रकारले मानौं, यदि US $ ५०,००० भुक्तानी गर्दा डलरसँग नेपाली मुद्राको विनिमय खरिद दर रु.८२।–भएमा हुन आउने Exchange Loss रु.१,००,०००।– लाई आ.व.२०७०।७१ मा विनिमय नोक्सानको रूपमा खर्च कट्टी गर्नु पर्दछ । यस उदाहरणमा एल.सी.खोल्ने र सामान पैठारी गर्ने कार्य आ.व.२०६९।७० मा भए पनि सो आ.व.को अन्त्यसम्ममा पनि सो पैठारी भएको सामानको मूल्य भुक्तान भई नसकेको हुँदा सो आ.व.को अन्त्यको विनिमय दरले तिर्न बाँकी रकमको हिसाव गरी आएको फरक रकमलाई आयमा समावेस गर्न वा खर्च कट्टी लिन हुँदैन ।

८.६ डुवेको ऋण लगायतका रकमहरूको रिभर्स

कुनैव्यक्तिको व्यवसाय, रोजगारी र लगानीबाट प्राप्त गरेको आयको गणनामा समावेश भएका रकमहरू कुनै अवस्थामा भुक्तानी प्राप्त नभएमा वा फिर्ता गर्नु परेमा र कट्टी दाबी गरिएका खर्चहरू भुक्तान गर्नु नपरेमा वा फिर्ता प्राप्त भएमा जुन समयमा फिर्ता गरेको वा फिर्ता प्राप्त भएको वा भुक्तानी प्राप्त नभएको वा भुक्तानी गर्न नपरेको वा यस्तै प्रकार दाबी त्याग, मिन्हा वा अपलेखन भएमा सो अवस्था यकिन भएको समयमा नै उपयुक्त समायोजन गर्नु पर्दछ । यस प्रकारको समायोजनका सन्दर्भमा ऐनको दफा २५ मा निम्नानुसार व्यवस्था गरेको छ ।

(१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोधभर्ना, असुलउपर, दाबी त्याग, अपलेखन, वा मिन्हा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछ :

(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो रकम फिर्ता गरेमा वा खर्च असुल उपर गरेमा,

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त दाबी गरेको रकम पछि सोधभर्ना गरेमा वा फिर्ता प्राप्त भएमा सोही अनुरूप आय एवंखर्चमा समायोजन गर्नु पर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.६.१ः मानौं, गणेश जनरल स्टोर्स प्रा.लि.ले नेपाल ट्रेडिङ कम्पनी लि. बाट मिति

२०६५।०३।२० मा रु.५,००,०००।– बराबरको सामान खरिद गरेको रहेछ । सोही बमोजिम गणेश

जनरल स्टोर्स प्रा. लि.ले आ.व.२०६४।६५ मा रु.५,००,०००।– खर्च कट्टी दाबी गरेको रहेछ र

नेपाल ट्रेडिङ कम्पनी लि.ले बिक्री बापत सो रकम आयमा समावेश गरेको रहेछ । मिति

२०६५।०४।१० मा गणेश जनरल स्टोर्स प्रा.लि.ले खरिद गरेकोउक्त सामानमध्ये रु.४०,०००।–

बराबरको सामान म्बतभ भ्हउष्चभ भई काम नलाग्ने भएको भनी दाबी गरेछ । सो कुरा यकिन

भएको आधारमा गणेश जनरल स्टोर्स प्रा.लि.ले उक्त सामान नेपाल ट्रेडिङ कम्पनी लि.लाई

मिति २०६५।५।२० मा फिर्ता गरेको रहेछ । यस अवस्थामा नेपाल ट्रेडिङ कम्पनी लि.ले उक्त

रकम मिति २०६५।५।२० मा कट्टी दाबी गरी समायोजन गर्नु पर्दछ भने गणेश जनरल स्टोर्स

प्रा.लि.ले सोही मितिमा फिर्ता प्राप्त भएको रकमलाई आयमा समावेश गरी समायोजन गर्नु

पर्दछ ।

(ख) प्राप्त गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफनो अधिकार छाडि दिएमा वा सो रकम सो व्यक्तिको ऋण दाबी भएको अवस्थामा निजले सो ऋणलाई डुवेको ऋण मानी अपलेखन गरेमा, वा

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त एक्रुयल आधारमा लेखाङ्कन गरी लिन बाँकी (ऋण दाबी) हिसाब गणना गरेको र पछि सो व्यक्तिले प्राप्त गर्ने आफ्नो अधिकार ऐनले तोकेको आधारमा छोडी दिएमा अर्थात ऋणमाथिको आफ्नो दाबी परित्याग गरेमा सोही अनुरूप खर्च दाबी गर्न सक्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.६.२ः मानौं, हिमाल पब्लिक सर्भिसेज प्रा.लि.ले ग्राहकहरूलाई उधारोमा समेत

सामान बिक्री गर्दै आएको रहेछ । उक्त प्रा.लि.ले आ.व.२०६४।६५ मा बिक्री गरे बापत

एक्रुयलमा आम्दानी जनिएको रु.६०,०००।– लिन बाँकी रकम (आसामी) रहेछ ।

उक्त प्रा.लि.को लिन बाँकी आसामीमध्ये एक आसामी चिपालु कम्पनीसँग रु.१०,०००।–

लिन बाँकी रहेछ । यस लेनदेन सम्बन्धमा विवाद भएको र विवाद मिलाउने सन्दर्भमा

अदालतको आदेशले सो प्रा.लि.ले रु.२,०००।– छाड्ने भए चिपालु कम्पनीले बाँकी

रु.८,०००।–भुक्तान गर्ने शर्तमा सो प्रा.लि.ले मिति २०६६।२।५ मा रु.२,०००।–माथि आफ्नो

(ऋण) दाबी गर्ने अधिकार छोडेको रहेछ । यसरी दाबी गर्ने अधिकार छोडेको रु.२,०००।–

सो प्रा.लि.ले दाबी छोडेको मितिमा कट्टी दाबी गर्न सक्नेछ ।

चिपालु कम्पनीका लागि तिर्न बाँकी रहेको रकम तिर्न नपरेकाले यो रकम आयमा समावेश

हुन्छ ।

(ग) खर्च गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व छाडि दिएमा वा सो खर्च ऋण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नुपर्ने हो सो व्यक्तिले ऋण मिन्हा दिएमा ।

कुनै व्यक्तिले आयकर प्रयोजनको निमित्त एक्रुयलको आधारमा लेखाङ्कन गरी दिन बाँकी (दायित्व वा ऋण) हिसाब गणना गरेको र पछि सो दायित्व नरहेमा वा भुक्तानी प्राप्त गर्ने व्यक्तिले आफ्नो अधिकार छोडी दिएमा अर्थात ऋण माथिको आफ्नो दाबी परित्याग गरेमा सोही अनुरूप आयमा समायोजन गर्नु पर्दछ । यस सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.६.३ः मानौं, शुभलक्ष्मी बाणिज्य बैंक लि.ले आफ्नो पुरानो कर्जा असुल गर्ने

सन्दर्भमा दिवा उद्योग प्रा.लि.सँग लिन बाँकी ब्याज रु.१,००,०००।–मध्ये रु.४०,०००।– लाई

मिति २०६६।२।१ मा मिन्हा गरेको रहेछ । यस अवस्थामा सो प्रा.लि.ले विगत वर्षमा एक्रुयलको

आधारमा ब्याज खर्च कट्टी दाबी गरेको रकम भएकोले यसरी मिन्हा भएको ब्याज मिन्हा प्राप्त

गरेको समयमै दिवा उद्योग प्रा.लि.ले रु.४०,०००।– लाई आयमा समावेश गर्नु पर्दछ ।

(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुवेको ऋणको रूपमा अपलेखन गर्न पाउनेछ ः–

(क) कुनै वित्तीय संस्था वा बैंकको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्डहरू अनुसार डुवेको ऋणमा परिणत भएमा, र

नियम ९ बमोजिम डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड निम्नानुसार तोकेको छः

ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड

(ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।

बैंक तथा वित्तिय संस्थाले उल्लिखित मापदण्डको अधीनमा रही ऋण दाबी बापत अपलेखन गर्न सक्दछन् । तर ऐनको दफा ५९ को उपदफा (१क) बमोजिम जोखिम व्यहोर्ने कोष बापत खर्च दाबी गर्ने बैंक तथा वित्तीय संस्थाले भने यस दफा अन्तर्गत ऋण दाबी अपलेखन बापत खर्च दाबी गर्न सक्ने छैंनन् । तर, यस्तो कर्जा अपलेखन गर्दा अपलेखन गरिएको कर्जा रकममा नघट्ने गरी जोखिम व्यहोर्ने कोषमा रहेको रकम आयमा समावेश गरेको खण्डमा भने ऋण दाबी बापत अपलेखन गरेको मानिने छैन । यसरी कर्जा अपलेखन गर्दा अपलेखन गरिएको कर्जा बराबरको जोखिम व्यहोर्ने कोषबाट समेत नाफा नोक्सान हिसाबमा आम्दानी गणना गरिनु पर्दछ । उपरोक्त लेखाङ्कन सम्बन्धी व्यवस्था तलको उदाहरणबाट प्रष्ट्याइएको छ ।

उदाहरण ८.६.४ ः मानौं, न्यू बैंक लि. को आ.व.२०६५।६६ को अन्त्यमा कुल कर्जा बक्यौता

एवम्नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अपलेखन गरिनुपर्ने कर्जाको अवस्था निम्नानुसार

रहेछ ः

ज्ञ। अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु. ज्ञ,ण्ण्,ण्ण्,ण्ण्,ण्ण्ण्।–

द्द। अपलेखन गरिने कर्जा रु. ट,ण्ण्,ण्ण्,ण्ण्ण्।–

घ। अपलेखन गरिसकेपछि हुने कर्जाको मौज्दात रु. ढद्ध,ण्ण्,ण्ण्,ण्ण्ण्।–

उक्त बैंकको कर्जा अपलेखन गर्दा नेपाल राष्ट्र वैंकले तोकिदिएको मापदण्डभित्र रही

अपलेखन गरेको रहेछ र ऐनको दफा ५९(१क) अन्तर्गत जोखिम व्यहोर्ने कोष बापत खर्च

दाबी गरेको रहेनछ । यस अवस्थामा उक्त बैंकले अपलेखन गरेको कर्जा रु.६ करोड यस

दफा अन्तर्गत खर्चको रूपमा कट्टी दाबी गर्न पाउँनेछ ।

उपर्युक्त कर्जा अपलेखनको लेखाङ्कन निम्नानुसार हुने हुन्छः

कर्जा अपलेखन गर्दाः

म्च। ीयबल ध्चष्तभ याा ९एचयाष्त ७ ीयकक ब्अअयगलत० ‘‘‘‘।। च्क। ट,ण्ण्,ण्ण्,ण्ण्ण्

ऋच।ीयबलक बलम ब्मखबलअभक ‘‘‘‘‘‘‘‘‘‘‘‘।।च्क। ट,ण्ण्,ण्ण्,ण्ण्ण्

जेखिम व्यहोर्ने कोषमा समायोजन गर्दा

म्च। ीयबल ीयकक एचयखष्कष्यल ९एचयाष्त ७ ीयकक ब्अअयगलत० ‘।।। च्क। ट,ण्ण्,ण्ण्,ण्ण्ण्

ऋच। ीयबल ीयकक एचयखष्कष्यल ९द्यबबिलअभ क्जभभत० ‘‘‘‘‘।।च्क। ट,ण्ण्,ण्ण्,ण्ण्ण्

उदाहरण ८.६.५ ः मानौं, न्यू बैंक लि.ले ऐनको दफा ५९(१क) बमोजिम जोखिम व्यहोर्ने

कोष बापत खर्च दाबी गर्ने गरेको रहेछ । सो बैंकको आ.व.२०६५।६६ को अन्तमा कुल कर्जा

बक्यौता, जोखिम व्यहोर्ने कोष एवम्अपलेखन गरेको कर्जाको अवस्था निम्नानुसार रहेछ ः

ज्ञ। अपलेखन गर्नुभन्दा अगाडिको कुल कर्जा रु. ज्ञ,ण्ण्,ण्ण्,ण्ण्,ण्ण्ण्।–

द्द। अपलेखन गरिएको कर्जा रु. ज्ञ,ण्ण्,ण्ण्,ण्ण्ण्।–

घ। अपलेखन गरिसकेपछिको कर्जाको मौज्दात रु. ढढ,ण्ण्,ण्ण्,ण्ण्ण्।–

द्ध। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जोखिम व्यहोर्ने कोषमा

बाँकी व्यवस्था रु.

छ,ज्ञण्,ण्ण्,ण्ण्ण्।–

छ। आ.व.२०६४।६५ सम्म कायम व्यवस्था रु. घ,ठण्,ण्ण्,ण्ण्ण्।–

ट। यस वर्ष जोखिम व्यहोर्ने कोषबाट आम्दानीमा सारेको रकम रु. ज्ञ,ज्ञण्,ण्ण्,ण्ण्ण्।–

ठ। यस वर्ष जोखिम व्यहोर्ने कोषमा खर्च लेखेको रकम रु. द्द,छण्,ण्ण्,ण्ण्ण्।–

सो बैंकको आ.व.२०६५।६६ को अन्तमा ऐनको दफा ५९(१क) अनुसारको जोखिम व्यहोर्ने

कोषको सीमा रु.४ करोड ९५ लाख (बर्षान्तमा बाँकी रहेको कर्जा रु.९९ करोडको ५ प्रतिशत)

भएको र वर्षान्तमा जोखिम व्यहोर्ने कोषमा रु.५ करोड १० लाख भएकोले बढी भएको

व्यवस्था रु.१५ लाख मिन्हा नहुने । अर्थात यस वर्ष खर्च लेखेको रु.२ करोड ५० लाख मध्ये

रु.२ करोड ३५ लाख मात्र खर्च मिन्हा हुने । सो वर्ष रु.१ करोड कर्जा अपलेखन गरे तापनि

रु.१ करोड १० लाख जोखिम व्यहोर्ने कोषबाट आम्दानीमा सारेकोले यस दफा अन्तर्गत

अपलेखन मानिदैंन । अर्थात यस्तो अपलेखन ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क)

बमोजिमको ऋण दाबी परित्याग गरेको मानिदैंन ।

(ख) खण्ड (क) मा उल्लिखित अवस्थामाबाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दाबी असुल उपर हुन नसक्ने कुरामा मनासिव रूपमा विश्वस्त भएमा ।

बैंक तथा वित्तीय संस्थाबाहेक अन्य व्यक्तिले ऋण दाबी रकम अपलेखन गर्दा, ऋणीको आर्थिक अवस्था, असुलीको लागि चालिएको कदम, जस्तै प्रहरी कारबाही, अवस्था हेरी अदालती कारबाही आदिबाट असुलीको लागि प्रयास गरेको हुनु पर्दछ । तत्पश्चात समेत असुल हुन नसकेको खण्डमा मात्र यस्तो असुल गर्न बाँकी रकम सो व्यक्तिले अपलेखन गर्न सक्दछ ।

८.७ दीर्घकालीन करार अन्तर्गतको लेखाङ्कन

 दीर्घकालीन करार भन्नाले १२ महिनाभन्दा बढी अवधिसम्म बहाल रहने उत्पादन, जडान वा निर्माण सम्बन्धी प्रतिफल विलम्बित (deferred return) हुने करारलाई बुझाउँछ । ऐनको दफा २६ मा दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरूका सम्बन्धमा उल्लेख गरिएको छ । दीर्घकालीन करारको लेखाङ्कन सम्बन्धी व्यवस्था एवम् विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २० मा गरिएको छ ।