Patan Dhoka Lalitpur-3, Nepal

४.१   आयकर ऐन, २०५८ मा व्यक्तिको करयोग्य आयमा आयकर लगाइने व्यवस्था रहेको छ । कुनै पनि देशको सरकारले समग्र आय (Global Income) मा कर वा आयको प्रकृतिको आधारमा कर (Scheduler Tax) लगाउने गर्दछन् । व्यक्तिका जहाँसुकै आर्जन गरेका विभिन्न आयका शीर्षकहरूलाई एकीकृत गरी गणना गरिएको करयोग्य आयमा ऐनमा उल्लिखित करका दरले गणना गरी लगाईने कर पद्धतिलाई न्यिदब Global Tax System भनिन्छ । त्यस्तै, व्यक्तिको एकमुष्ट आयमा कर गणना नगरी व्यवसायको प्रकृतिको आधारमा भिन्न भिन्न स्रोतगत आयमा भिन्ना भिन्नै दरले कर लगाउने Scheduler Tax System भनिन्छ । उदाहरणको लागि ब्याजकर, लाभांश कर आदि । आयकर ऐन, २०५८ ले पनि मुख्य रूपमा Global Tax पद्धतिलाई अपनाएको भए तापनि केही आय (जस्तै देशभित्र आर्जित लाभांश, आकस्मिक लाभ,  आदि) मा भने Scheduler Tax System अपनाएको छ । यस अन्तर्गत आयका चारवटा शीर्षकमध्ये रोजगारी, व्यवसाय र लगानीको निर्धारणयोग्य आय छुट्टाछुट्टै गणना गरी एकमुष्ठ करयोग्य आय गणना गरी उक्त करयोग्य आयमा व्यक्तिलाई लाग्ने करको दरले गणना गरी आउने रकम नै सो व्यक्तिले तिर्ने कर रकम हुन आउँछ भने आकस्मिक लाभमा भने अन्तिम कर कट्टी विधिले एकमुष्ठ कर लाग्ने व्यवस्था ऐनले गरेको छ । एकीकृत स्रोतमा कर लगाउने पद्धति (Global Tax System) करको आधार भनेको करयोग्य आयलाई बुझाउँछ । एकीकृत स्रोतमा आधारित कर प्रणालीले जहिले पनि ठाडो र तेर्सो प्रकारको समानता कायम गराउँदछ । यस परिच्छेदको उद्देश्य आयका शीर्षक तथा करका आधारका बारेमा सरल तथा सहज ढङ्गले प्रस्तुत गर्नु रहेको छ ।

४.२        कर लगाउने आधार

४.२.१  व्यक्तिको कारोबारको प्रकृति अनुसार कर नलगाई व्यक्तिले संसारभर विभिन्न शीर्षकबाट एकीकृत गरेको आय (Global Income)लाई समेटी सो व्यक्तिको करयोग्य आय माथि कर लगाइन्छ । तर, केही आय (जस्तै देशभित्र आर्जित लाभांश, आकस्मिक लाभ आदि) मा भने क्Scheduler Tax System का आधारमा कर लगाइन्छ । ऐनको दफा ९२(१) मा यस किसिमको कर लाग्ने अवस्था खुलाइएको छ । व्यक्ति शब्दले प्राकृतिक व्यक्ति जस्तै, राम, जोन, रहिम,  दावा आदि तथा निकाय अर्थात कानुनी व्यक्ति जस्तै, कम्पनी, ट्रष्ट, संस्थान, आदि दुवैलाई बुझाउँछ । व्यक्तिको अवधारणाको सम्बन्धमा तलको रेखा चित्रबाट स्पष्ट पारिएको छ ।

व्यक्ति (करदाता)
प्राकृतिक व्यक्ति निकाय
एकल
व्यक्ति
दम्पती एकलौटी
फर्म
साझेदारी गाउँपालिका नेपाल
सरकार
विदेशी
सरकार
विदेशी
स्थायी
संस्थापन
छनौट ट्रष्ट नगरपालिका
गर्ने
प्राकृतिक
कम्पनी जिल्ला
समन्वय
समिति
प्रदेश
सरकार
स्थानीय
तह
अन्तर्राष्ट्रिय
संगठन
व्यक्ति
प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्था
कुनै असंगठित सङ्घ, समिति, संस्था वा समाज
दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी बाहेकको व्यक्तिहरूको समूह
ट्रष्ट
बीस वा सोभन्दा बढी साझेदारहरू भई प्रचलित कानुन बमोजिम दर्ता भए वा
नभएको साझेदारी फर्म,
अवकाश कोष,
सहकारी संस्था,
युनिट ट्रष्ट,
संयुक्त उद्यम
विदेशी कम्पनी
महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था

प्राकृतिक व्यक्ति एवं निकायका सम्बन्धमा विस्तृत व्याख्या क्रमशः यसै निर्देशिकाको परिच्छेद ११ र १३ मा गरिएको छ ।

४.२.२ व्यक्तिले आर्जन गरेको आयमा आय वर्षको आधारमा कर लगाई असुल उपर गरिन्छ । ऐनको दफा २ (झ) अनुसार आय वर्ष भन्नाले कुनै सालको श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्त सम्मको अवधिलाई बुझाउँछ । तसर्थ व्यक्तिको आय गणना गर्दा कर प्रयोजनको लागि श्रावण एक गतेदेखि अर्को सालको आषाढ मसान्तसम्मको अवधिलाई आधार मानी लेखा तथा आय विवरण तयार गर्नु पर्दछ । कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप हुन्छ । लेखाको सर्वमान्य सिद्धान्त भन्दा फरक आशय यो ऐनमा भए यो ऐनको व्यवस्थानै लागूहुन्छ । प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको  गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्दछ भने कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्दछ ।

नगद आधारको लेखाङ्कन:  ऐनको दफा २३ बमोजिम नगद आधारको लेखाङ्कन गर्दा निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्दछ । निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्दछ । अर्थात, वास्तविक नगद प्राप्ती (Cash Receipt) भएको अवस्थामा आम्दानी मानिने र वास्तविक नगद भुक्तानी (Cash Payment) भएको अवस्थामा खर्च मानिने हुन्छ ।

एक्रुयल आधारको लेखाङ्कन:  ऐनको दफा २४ बमोजिम एक्रुयल आधारको लेखाङ्कन गर्दा व्यक्तिको भुक्तानी प्राप्त गर्ने अधिकारको सिर्जना (Right to Receive) हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी सो व्यक्तिको आयको गणनामा समावेश गर्नु पर्दछ । त्यस्तै कुनै व्यक्तिको आय गणना गर्दा खर्च कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरू व्यहोरेको मानिनेछ:–
(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछ: –
(१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा,
(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरकढङ्गले अनुमान गर्न सकिने भएकोमा, र
(३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा

(ख) खण्ड (क) मा उल्लिखित अवस्थाबाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ ।

तर ऐनको दफा २४ को उपदफा (३) बमोजिम बैंकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ्ग सम्बन्धी प्रचलित कानुनका अधीनमा रही नेपाल राष्ट्र बैङ्कले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्ने एवम्सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेव्यवस्था छ ।

४.३ करयोग्य आय तथा आयका शीर्षकहरूको वर्गीकरण
ऐनको दफा ५ बमोजिम करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसार गरिएको छ :–
५ कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२, १२क., १२ख. ६३वा यी सबै बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ:ः–
(क) व्यवसाय,
(ख) रोजगारी,
(ग) लगानी,
(घ) आकस्मिक लाभ ।
ऐनको दफा २ को खण्ड (ज) बमोजिम “आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय,  लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कुल रकम सम्झनु पर्छ ।

ऐनको दफा ७ बमोजिम व्यवसायबाट भएको आय गणना गर्दा सेवा शुल्क, व्यावसायिकरूपमा गरिएको कृषि, उद्योग, व्यापार, पेशा, व्यवसायबाट प्राप्त रकम (वस्तु वा सेवाको बिक्रीबाट प्राप्त रकम), व्यावसायिक सम्पत्ति वा दायित्वबाट प्राप्त खुद लाभ, व्यवसायको सम्बन्धमा  प्राप्त उपहार तथा व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम तथा व्यवसायसँग प्रत्यक्षरूपले सम्बन्धित लगानीबाट प्राप्त रकम समावेश गर्नु पर्दछ ।

ऐनको दफा ८ बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्दछ ।

ऐनको दफा ९ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो वर्षको लगानीको आय मानी गणना गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज१) बमोजिम आकस्मिक लाभ अन्तर्गत चिठ्ठा, उपहार, पुरस्कार,  बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभलाई समावेश गरिएको छ ।

४.४ कुल आय (कारोबार) र आयको गणना
ऐनको परिच्छेद ३ को दफा ७, ८ र ९ मा आयका शीर्षकका आधारमा आयको गणनामा समावेश गरिनुपर्ने रकमहरूका सम्बन्धमा उल्लेख भएको छ । दफा ७ मा व्यवसाय,  व्यवसायको आयमा समावेश गरिने रकम एवंब्यवसायको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ । दफा ८ मा रोजगारी, रोजगारीको आयमा समावेश गरिने रकम एवम्रोजगारीको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ । त्यस्तै, दफा ९ मा लगानी, लगानीको आयमा समावेश गरिने रकम एवम् लगानीको आयमा समावेश नगरिने रकमका बारेमा व्यवस्था रहेको छ ।

व्यक्तिको कुल आय (कारोबार) मा समावेश गरिने रकम एवम् सो सम्बन्धी विविध पक्षहरू यसै निर्देशिकाको परिच्छेद ६ मा विस्तृत व्याख्या गरिएको छ ।

४.५ छुट हुने रकम र अन्य छुटहरू
ऐनको परिच्छेद ४ मा आयको गणना गर्ने सन्दर्भमा छुट हुने रकमहरू (Exemption) एवम् अन्य छुटहरू (Concession) का बारेमा व्याख्या गरिएको छ । दफा १० मा आयको गणना गर्दा समावेश गर्नु नपर्ने अर्थात छुट हुने रकमको बारेमा व्यवस्था गरिएकोछ । दफा ११ मा व्यावसायिक सुविधा (Concession) को बारेमा व्याख्या गरिएको छ । दफा १२ एवम् दफा १२क.मा सामाजिक उत्तरदायित्व (Social Responsibility) सम्बन्धी चन्दा, प्राकृतिक सम्पदाको संरक्षणमा भएको खर्च आदिको सम्बन्धमा उल्लेख गरिएको छ । त्यस्तै दफा १२ख.  मा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निमाण कोषमा योगदान गरेको खर्चका बारेमा उल्लेख गरिएको छ ।

यसरी छुट हुने रकम (Exemption) एवम् अन्य छुटहरू (Concession) सम्बन्धी विविध पक्षहरू क्रमशः यसै निर्देशिकाको परिच्छेद ९ र १० मा विस्तृत व्याख्या गरिएको छ ।

४.६ कारोबारसँग सम्बन्धित खर्च कट्टी
ऐनको परिच्छेद ५ मा व्यवसाय वा लगानीसँग सम्बन्धित खर्च कट्टी दाबी गर्ने सम्बन्धमा उल्लेख गरिएको छ । कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय निर्धारण गर्दा सामान्यतयाः कारोबारसँग सम्बन्धित सम्पूर्ण सामान्य खर्चहरू कट्टी दाबी गर्न पाउने व्यवस्था ऐनको दफा १३ मा गरिएको छ । तर, त्यस्ता खर्चहरू दफा २१ बमोजिम कट्टी गर्न नपाउने खर्च हुनु हुदैन र सो आयवर्षमा भएका, सो व्यक्तिबाट भएका र व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका हुनु पर्दछ । सो परिच्छेदमा समावेश गरिएका दफा १४, १५, १६, १७, १८, १९, तथा २० र ५९, ६०, ७१ लेखर्च तथा नोक्सानी कट्टी दाबी गर्ने सम्बन्धमा विशेष व्यवस्था गरेको छ ।

व्यक्तिको व्यवसायसँग सम्बन्धित खर्च कट्टी दाबी गर्ने एवम्सो सम्बन्धी विविध पक्षहरू यसै निर्देशिकाको परिच्छेद १८ मा विस्तृत व्याख्या गरिएको छ ।

४.७ करलाग्ने व्यक्ति
ऐनको दफा ३ बमोजिम देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ ः–
(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति
(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र
(ग) कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।
करको दर प्रयोग गरी करको गणना गरिने आयलाई करको आधार मानिन्छ । ऐनको दफा ७  (व्यवसायको आय) एवम् दफा ९ (लगानीको आय) अनुसार प्राप्त गरेको आयमा खर्च कट्टी  (Deduction) दाबी गरे पश्चात हुन आउने आयबाट दफा ११ बमोजिमकोकर छुट हुने आय वा दफा ६४ बमोजिम अवकाश कोषको आय दुवै दफा बमोजिमको आय घटाई बाँकी हुने रकम तथा दफा ८ (रोजगारीको आय) बमोजिमको रकमलाई निर्धारणयोग्य आय भनिन्छ । त्यस्तै निर्धारणयोग्य आयबाट दफा १२, १२क. वा १२ख. बमोजिमको वा दफा ६३ वा चारै दफा बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम सो व्यक्तिको करयोग्य आय हुनेछ । यस्तो रकमलाई करको आधार मानिन्छ र ऐनको अनुसूची–१
मा उल्लिखित दरको प्रयोग गरी करको गणना गरिने छ ।

नेपालमा रहेको वैदेशिक स्थायी संस्थापनले विदेशमा पठाएको आय पनि कर प्रयोजनको निमित्त करको आधार मानिन्छ र त्यस्तो करयोग्य आयमा अनुसूची–१ को दफा २ को उपदफा  (६) मा तोकिएको करको दर लगाई आयकरको गणना गर्नु पर्दछ । त्यस्तै, अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीलाई समेत करको आधार मानिन्छ र सोमा ऐनको दफा ८७, ८८, ८८क. र ८९ मा तोकिएको करको दर लगाई भुक्तान गर्नुपर्ने र आयकरको गणना गर्नु पर्दछ । त्यस्तै, दफा ९५क. मा अग्रिम कर असुल गर्ने व्यवस्था छ । करको आधार सम्बन्धमा तल प्रस्तुत रेखा चित्रबाट समेत थप प्रष्ट पारिएको छः
तालिका १
करको आधार
(दफा ३)
दफा ३(क) दफा ३(ख) दफा ३(ग)
करयोग्य आय ह्करको दर विदेशमा पठाएको अन्तिम रूपमा कर कट्टी हुने
( औषधि उपचार कर मिलान आय ह् करको दर भुक्तानी ह् करको दर
( वैदेशिक कर मिलान
दफा ५ मा
परिभाषित
अनुसूची–
दफा २(कड),
६८(३) र ६८(४)
मा परिभाषित
अनुसूची–१
को २(६)
दफा ९२ मा
परिभाषित
दफा ८७, ८८,
८८क. र ८९

नेपालमा अवस्थित वैदेशिक संस्थापन, मुख्य व्यक्ति वा निकाय गैर बासिन्दा रहेको र विदेशी स्थायी संस्थापनले नेपालको स्रोतवाट प्राप्त गरेको आय वैङ्कमार्फत वा अन्य कुनै तरिकाले विदेशमा पठाएको आयमा आयकर लाग्दछ । नेपालको स्रोतको आयमा गैर बासिन्दा व्यक्तिको विदेशी स्थायी संस्थापनलाई बासिन्दा व्यक्ति मानी यस्तो आयमा नियमित दरमा कर लगाइन्छ । अर्को शब्दमा, विदेशी स्थायी संस्थापनलाई बासिन्दा व्यक्ति सरह कर लगाइन्छ र यसरी कर तिरे पश्चात बाँकी रहेको रकम विदेशमा आफ्नो Parent Company लाई पठाएको आयलाई लाभांश  सरह मानिन्छ । नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लेख गरे अनुसारको दरले कर लाग्दछ ।

स्रोतमा कर कट्टी गरी भुक्तानी हुने रकम नै कर कट्टी हुने भुक्तानी हो । भुक्तानीकर्ताले कर कट्टी हुने भुक्तानी गर्दा भुक्तानी प्राप्त गर्ने व्यक्तिको तर्फबाट तोकिएको दरमा भुक्तानी कै अवस्थामा कर कट्टी गर्नु पर्दछ । अन्ति मरूपमा कर कट्टी हुने भुक्तानी र भुक्तानीमा कट्टी हुने कर सम्बन्धी प्रावधानको थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।