१२.२ अवकाश कोष
ऐनको दफा २ को खण्ड (घ) बमोजिम “अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानीगर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ ।
अवकाश कोष मात्र परिचालन गर्ने उद्देश्यले सञ्चालन गरिएको निकायलाई अवकाश कोष भनिन्छ । यस्तो अवकाश कोषले निम्नानुसारको कार्य मात्र गर्न पाउँछ:
१) सो निकायमा प्राकृतिक व्यक्तिले वा निजको तर्फबाट अन्य कसैले अवकाश योगदान जम्मा गर्न ल्याएमा त्यस्तो योगदान जम्मा लिने,
२) यसरी जम्मा गर्ने व्यक्ति अर्थात्हिताधिकारीलाई वा निजको आश्रितलाई निज अवकाश भए पछि वा निजको मृत्यु भएपछि वा ५८ वर्ष पुगेमा अवकाश भुक्तानी गर्ने, र
३) जम्मा भएको अवकाश योगदान स्वीकृत लगानीमा लगानी गर्ने । अवकाश कोषका उदाहरणको लागि कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष, निवृत्तभरण कोष र नागरिक लगानी कोषले सञ्चालन गरेको अवकाश कोष, विभागबाट अवकाश कोष सञ्चालन गर्न ईजाजत पाएका निकाय वा ईजाजत नलिई सञ्चालन भएका निकायलाई लिन सकिन्छ । विभाबाट अवकाश कोष सञ्चालन गर्न ईजाजत लिएका निकाय, कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष, निवृत्तभरण कोष र नागरिक लगानी कोषले सञ्चालन गरेको अवकाश कोष जस्ता निकायलाई स्वीकृत अवकाश कोष भनिन्छ भने विभागबाट ईजाजत नलिई सञ्चालन गरिएका अवकाश कोषलाई स्वीकृत नलिएको अवकाश कोष वा अस्वीकृत अवकाश कोष भनिन्छ । निकायको हिताधिकारी प्राकृतिक व्यक्ति भन्नाले सो निकायबाट आय वा पुँजी प्राप्त गर्ने हक भएको प्राकृतिक व्यक्ति भन्ने बुझाउँछ । जस्तै, सो निकायमा अवकाश योगदान जम्मा गर्ने प्राकृतिक व्यक्ति ।
१२.३. अवकाश कोषको स्वीकृति:
१२.३.१ ऐनको दफा ६३ मा अवकाश कोषको स्वीकृतिका लागि निम्नानुसार व्यवस्था गरिएको छ ।
(१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।
तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, कर्मचारी सञ्चयकोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी सञ्चय कोषर निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषले अवकाश कोष सञ्चालन गरेमा त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन ।
(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आयको गणना गर्दा घटाई पाउन दाबी गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै
स्वीकृत अवकाश कोष हुनका लागि माथि उल्लेख गरिएका कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले सञ्चालन गरेका अवकाश कोष, सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएका सामाजिक सुरक्षा कोष र निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोष बाहेकका अन्य अवकाश कोषले विभागमा निवेदन दिनु पर्दछ र विभागले यसरी प्राप्त निवेदन उपर नियम २० को उपनियम (२) का अधीनमा रही स्वीकृति
दिन सक्नेछ । नियम २० को उपनियम (२) मा अवकाश कोषको स्वीकृतिका सन्दर्भमा आवश्यक शर्त उल्लेख गरिएको छ । नियम २० को उपनियम (२) मा उल्लेख गरिएको शर्त निम्नानुसार रहेको छ ।
खण्ड (क) अवकाश कोषमा जम्मा गरिएको वा अवकाश कोषलाई प्राप्त हुने रकम स्वीकृत लगानीमा मात्र लगानी गर्नुपर्ने,
हिताधिकारी वा हिताधिकारीको नाममा अन्य व्यक्ति (जस्तै, रोजगारदाता) बाट जम्मा गरिएको वा अन्य प्राकृतिक व्यक्तिले आफ्नो लागि अवकाश कोषमा जम्मा गरेको रकमलाई अवकाश कोषले स्वीकृत लगानीमा मात्र लगानी गर्नु पर्दछ । नियम २० मा उल्लिखित स्पष्टीकरण बमोजिम स्वीकृत लगानी भन्नाले निम्न बमोजिमका लगानीलाई सम्झनु पर्दछ ।
(क) प्रचलित कानुन बमोजिम स्थापना भएको नागरिक लगानी कोषमा गरिएको लगानी,
(ख) नेपाल सरकारले जारी गरेको ऋणपत्रमा गरिएको लगानी,
(ग) बैंक सम्बन्धी प्रचलित कानुन अन्तर्गत सञ्चालन भएका बैंकमा गरिएको लगानी,
(घ) बैंकसँग सह वित्तियकरणको आधारमा गरिएको लगानी, र
(ङ) आफ्ना शेयरहोल्डर बाहेकका हिताधिकारीलाई गरिएको लगानी ।
उक्त व्यवस्था सम्बन्धमा तलको उदाहरणमा थप स्पष्ट पारिएको छ ।
उदाहरण १२.३.१ः मानौं, नेपाल राष्ट्र बैंक कर्मचारी अवकाश कोषले नेपाल राष्ट्र बैंकका कर्मचारीको लागि अवकाश कोष सञ्चालन गर्दै आएको रहेछ । यस अवकाश कोषमा नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीले अवकाश योगदान गरिरहेका रहेछन । उक्त कोषले यसरी प्राप्त भएको अवकाश योगदानमाथि उल्लिखित (क) देखि (ङ) सम्मको स्वीकृत क्षेत्रमा मात्र लगानी गर्ने शर्तमा विभागले सो निकायलाई स्वीकृति दिन सक्नेछ ।
खण्ड (क१) चुक्ता पुँजी कम्तीमा एक करोड रूपैयाँ हुनुपर्ने,
खण्ड (क२) अवकाश कोष सञ्चालन गर्ने निकायको हिताधिकारी कामदार वा कर्मचारीको संख्या कम्तीमा एक हजार हुनुपर्ने,
कुनै अवकाश कोषले विभागबाट स्वीकृति प्राप्त गरी स्वीकृत अवकाश कोष हुन सो कोषको आफ्नै चुक्ता पुँजी रहनु पर्दछ र यस्तो पुँजी कम्तीमा एक करोड रूपैयाँ हुनु अनिवार्य छ । स्वीकृति माग गर्ने अवकाश कोषले स्वीकृत अवकाश कोष सञ्चालनको लागि कम्तीमा एक हजार व्यक्तिले अवकाश योगदान गरेको हुनु पर्दछ । यहाँ हिताधिकारी कामदार वा कर्मचारी भन्नाले रोजगारकर्ता वा अवकाश कोषमा योगदान गर्ने अन्य कुनै प्राकृतिक व्यक्तिलाई जनाउँछ ।
खण्ड (ख) अवकाश कोषले कर्मचारी वा कामदारको तर्फबाट रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने भएमा सो कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र रूपमा भएको हुनुपर्ने,
तर सोही कोषका कर्मचारी वा कामदारको हकमा यो खण्ड लागू हुने छैन ।
नेपाल सरकारका कर्मचारीको अवकाश योगदान सम्बन्धित कार्यालय (रोजगारदाता) मार्फत कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरिन्छ । यसमा कर्मचारी सञ्चय कोषको व्यवस्थापन स्वतन्त्र रूपमा भएको छ । उक्त कोषले आफ्ना कर्मचारीको अवकाश योगदान समेत स्वीकार्ने भए तापनि सो कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र भएको मानिन्छ । उक्त व्यवस्था सम्बन्धमा तलको उदाहरणमा थप स्पष्ट पारिएको छ ।
उदाहरण १२.३.२ः मानौं, रा.बा.बैंक अवकाश कोषले रा.बा.बैंकका कर्मचारीको मात्रै अवकाश योगदान स्वीकार गर्ने प्रयोजनको लागि अवकाश कोष सञ्चालन गर्दै आएको रहेछ । सो अवकाश कोषको व्यवस्थापन छुट्टै विनियमावली तयार गरी सो कोष सञ्चालन गर्नको लागि व्यवस्थापन समिति गठन गरी आएको रहेछ । सो व्यवस्थापन समितिमा बैंक ब्यवस्थापक तथा कर्मचारीको समेत प्रतिनिधित्व हुने र सो कोषको बैंक प्रति कुनै पनि दायित्व नहुने एवम् सो कोषको वित्तीय विवरण स्वीकृति प्राप्त लेखापरीक्षकबाट छुट्टै लेखापरीक्षण समेत गराएको अवस्थामा उक्त कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र रूपमा भएको मानिनेछ ।
खण्ड (ग) अवकाश योगदान रकम आषाढ महिनामा खर्च लेखेको भए खर्च लेखेको एक महिनाभित्र र अन्य महिनाको हकमा खर्च लेखेको पन्ध्र दिनभित्र अवकाश कोषमा जम्मा गर्नुपर्ने,
उदाहरण १२.३.३ः मानौं, कम्पास नेपाल लि. अवकाश कोषले कम्पास नेपाल लि.का कामदार कर्मचारीको लागि अवकाश कोष सञ्चालन गर्दै आएको रहेछ । उक्त अवकाश कोष विभागबाट स्वीकृत प्राप्त अवकाश कोष हो । सो कम्पास नेपाल लि.ले आफ्ना कामदार कर्मचारीको अवकाश योगदान बापत रु.१,००,०००।– आषाढमा नाफा–नोक्सान खातामा खर्च लेखी तिर्नुपर्ने दायित्वमा लेखाङ्कन गरेको रहेछ भने त्यस्तो रकम श्रावण महिनाभरि अर्थात १ महिनाभित्र अवकाश कोषमा जम्मा गरिसक्नु पर्दछ । त्यस्तै जेष्ठ महिनाको पारिश्रमिक वितरण गर्दा खर्च लेखेको रकम आषाढ महिनाको १५ गतेभित्र अवकाश कोषमा दाखिला गरी सक्नु पर्दछ ।
खण्ड (घ) अवकाश कोषको हिताधिकारीलाई देहायका अवस्थामा मात्र अवकाश भुक्तानी गर्न सकिनेः–
(१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,
(२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
(३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपाङ्ग भएमा ।
अवकाश कोषबाट कामदार कर्मचारीलाई र हिताधिकारी प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेको हुनुपर्ने वा प्राकृतिक व्यक्ति ( हिताधिकारी) ५८ वर्ष पुगेको हुनुपर्ने वा हिताधिकारीको मृत्य वा निज स्थायीरूपमा अपाङ्ग भएको हुनुपर्ने शर्त पुरा गरेको हुनुपर्नेछ ।
उदाहरण १२.३.४ः मानौं, सुरक्षा भन्ने एक जना व्यक्तिले एकलौटी व्यवसाय गरेकी रहिछन्। निजले आफ्नो लागि नागरिक लगानी कोषमा निर्धारणयोग्य आयको एक तिहाई वा रु.३,००,०००।– मध्ये जुन घटी हुन्छ सो रकममा नबढ्ने गरी वार्षिक रु.१,२०,०००।– जम्मा गर्दै आएकी रहिछन् । आयकर ऐन, २०५८ लागू भैसके पश्चात पनि नियमानुसार निजले वार्षिक रु.१,२०,०००।– का दरले नागरिक लगानी कोषमा रकम जम्मा गर्दै आएकी रहिछन्।
निजको उक्त कोषमा ५८ वर्ष पुग्नु भन्दा अघि अर्थात मिति २०६६।०२।१२ गतेसम्म जम्मा रु. ५ लाख ५० हजार जम्मा भएको रहेछ । मिति २०६६।०२।१३ गते ५८ वर्ष पुगेकी हुँदा निजले नागरिक लगानी कोषबाट भुक्तानी प्राप्त गर्ने रकम निम्नानुसार गणना गरी अग्रिम कर कट्टा गरी सो कोषले भुक्तानी दिनु पर्दछ ।
नागरिक लगानी कोषबाट प्राप्त गर्ने भुक्तानी रकम — रु.५,५०,०००।–
छुट:—
ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार छुट हुने रकम —
१) भुक्तानी रकमको ५०% (५,५०,००० को ५०%) — रु.२,७५,०००।–
२) तोकिएको रकम — रु.५,००,०००।–
माथि उल्लिखित रकममध्ये वढी हुने रु ५ लाख छुट हुन्छ ।
भुक्तानी प्राप्त गर्ने रकम — रु.५,५०,०००।–
छुट हुने रकम — रु.५,००,०००।–
कर लाग्ने भुक्तानी रकम — रु.५०,०००।–
५% का दरले कट्टी हुने कर — रु.२,५००।–
जम्मा भुक्तानी गर्नुपर्ने रकम (५५०,०००—२,५००) रु.५,४७,५००।–
खण्ड (ङ) महालेखापरीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकबाट सो अवकाश कोषको वार्षिक रूपमा लेखापरीक्षण गराउनुपर्ने ।
अवकाश कोषको लेखा परीक्षण स्वीकृति प्राप्त लेखापरीक्षकबाट गराउनु पर्दछ ।
१२.३.२. नियम २० को उपनियम (३) मा अवकाश कोषको स्वीकृति रद्द हुन सक्ने निम्नानुसारको अवस्था उल्लेख गरिएको छः
विभागबाट स्वीकृति प्राप्त गरेको स्वीकृत अवकाश कोषले उपनियम (२) का शर्तहरू पालना नगरेमा सो कोषलाई दिएको स्वीकृति विभागले रद्ध गर्न सक्नेछ ।
नियमावलीको नियम २० को उपनियम (२) ले तोकेका शर्त माथि खण्ड १२.३.१ मा व्याख्या गरिएको छ ।
१२.३.३. २०५८ चैत्र १८ गतेसम्म सञ्चालनमा रहेका कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई स्वीकृत अवकाश कोष मानिएको छ । यदि यो अवधिभित्र कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र निवृत्तभरण कोषले अवकाश कोष सञ्चालन गर्न विभागबाट स्वीकृति नलिएको भए त्यस्तो अवकाश कोष स्वीकृति नलिएकोअवकाश कोष हुन जान्छ ।
उदाहरण १२.३.५ः मानौं, जेलिना मानन्धर, नेपाल विकास प्रा.लि.मा कार्यरत एक कर्मचारी हुन् । निजको मासिक तलब रु.२०,०००।– रहेछ । ऐन प्रारम्भ हँुदाका बखत उक्त कम्पनीले आफ्ना कर्मचारीको तलबको १० प्रतिशतका दरले हुने रकम रु.२,०००।– कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी ने.बै.लि.मा छुट्टै खाता खोली सञ्चालन गरिआएको रहेछ । उक्त कम्पनीले आफ्ना कामदार र कर्मचारीको अवकाश कोष सञ्चालन गर्ने उद्देश्यले विभागबाट नेपाल विकास प्रा.लि.अवकाश कोष नामको अवकाश कोष सञ्चालन गर्न स्वीकृत प्राप्त गरी नेपाल बैंक लिमिटेडमा छुट्टै खाता खोली सञ्चित गरिएको रकम सो अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ । यस्तो कोषलाई स्वीकृत अवकाश कोष भनिन्छ । यस्तो स्वीकृत अवकाश कोषमा योगदान गरेको रकम निज जेलिनाले आफ्नो रोजगारीको आय निर्धारण गर्ने क्रममा आयकर नियमावलीको नियम २१ को अधीनमा रही करयोग्य आयबाट घटाउन पाउँछिन । यस्तो स्वीकृत अवकाश कोषबाट हुने भुक्तानीको हकमा २०५८ चैत्र १९ पछि जम्मा भएको योगदान बापत गरिएको भुक्तानीमा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभ रकममा ऐनको दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (१) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्दछ ।
उदाहरण १२.३.६ः माथि उदाहरण १२.३.५ मा उल्लिखित उदाहरणमा यदि नेपाल विकास प्रा.लि. ले विभागबाट स्वीकृति प्राप्त नभएको अवकाश कोषमा त्यस्तो रकम जम्मा नगरेमा स्तो सञ्चालित अवकाश कोषलाई स्वीकृत नभएको अवकाश कोष (Unapproved Retirement Fund) भनिन्छ । यस्तो अवस्थामा जेलिनाले त्यस्तो कोषमा २०५८ चैत्र १९ पछि योगदान गरेको कुनै पनि रकम निर्धारणयोग्य आयबाट घटाउन पाउँदिनन्भने उक्त कोषबाट हुने लाभ भुक्तानी रकममा ऐनको दफा ८८ को उपदफा (२) को प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (ग) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गर्नु पर्दछ ।
१२.४. अवकाश भुक्तानी
१२.४.१ ऐनको दफा २ को खण्ड (ङ) बमोजिम“अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छः–
(१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
(२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।
अवकाश भुक्तानी भन्नाले कुनै प्राकृतिक व्यक्ति सिद्धान्ततः कुनै रोजगारी, पेशा वा व्यवसाय गर्न सक्षम नहुने अवस्थामा पुगी रोजगारी, पेशा वा व्यवसायबाट अवकाश लिएपछि गरिने भुक्तानी हो । त्यसैगरी कुनै प्राकृतिक व्यक्तिको मृत्यु भएमा निजले पाउने रकम निजको आश्रितलाई भुक्तानी गर्दा त्यस्तो भुक्तानीलाई पनि अवकाश भुक्तानी भनिन्छ । सामान्यतयाः अवकाश भुक्तानीका उदाहरणमा स्वीकृत वा अस्वीकृत अवकाश कोषबाट गरिने अवकाश भुक्तानी, निवृत्तिभरण, उपदान, सञ्चयकोष, बिदाको सट्टा नगद, औषधि उपचार खर्च, दीर्घ सेवा सुविधा (Long Service Gratuity), कल्याणकारी कोष जस्ता अवकाशको अवस्थामा प्राप्त हुने यस्तै प्रकृतिका अन्य भुक्तानी पर्दछन्। यस्ता अवकाश भुक्तानी नेपाल सरकारबाट, स्वीकृत अवकाश कोषबाट, स्वीकृत नलिएको अवकाश कोषबाट वा रोजगारदाताबाट हुने अन्य अवकाश भुक्तानी हुन सक्दछ । तर जीवन बीमा लगानी बीमा भएको हँुदा लगानी बीमाबाट हुने भुक्तानी भने यस व्यवस्था अन्तर्गत पर्दैन ।
नेपाल सरकारबाट गरिने अवकाश भुक्तानी : यसमा नेपाल सरकारको कर्मचारी सेवा शर्त बमोजिम सरकारी सेवाबाट निवृत भएको अवस्थामा गरिने भुक्तानी, जस्तै, उपदान, औषधि उपचार खर्च, बिदा बापतका रकम, निवृत्तभरण आदि पर्दछन्।
स्वीकृत अवकाश कोषबाट गरिने अवकाश भुक्तानी : नागरिक लगानी कोष तथा कर्मचारी सञ्चयकोषले सञ्चालन गरेको अवकाश कोष वा विभागबाट स्वीकृति लिई सञ्चालन गरिएको अवकाश कोषबाट नियम २० को उपनियम (२) को खण्ड (घ) मा तोकिए बमोजिम देहायका अवस्थामा गरिने भुक्तानी लाई अवकाश भुक्तानी मानिन्छ:–
(१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,
(२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा
(३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रूपमा अपाङ्ग भएमा
स्वीकृति नलिएको अवकाश कोषबाट गरिने अवकाश भुक्तानी : अवकाश भएको अवस्थामा भुक्तानी दिने उद्देश्य रहेको तर विभागबाट भने स्वीकृत नलिई सञ्चालित अवकाश कोषबाट प्राकृतिक व्यक्ति अवकाश भएको अवस्थामा गरिने भुक्तानी स्वीकृत नलिएकोअवकाश कोषबाट गरिने अवकाश भुक्तानी मानिन्छ ।
अन्य अवकाश भुक्तानी : नेपाल सरकार र अवकाश कोषबाट गरिने भुक्तानी बाहेक अवकाशको अवस्थामा गरिने अरु भुक्तानीलाई अन्य अवकाश भुक्तानी मानिन्छ । उदाहरणको लागि, कुनै एक निकायले आफ्नो कर्मचारी अवकाश भएपछि भुक्तानी गर्ने सञ्चित बिदा बापतको रकम वा औषधोपचार खर्च, स्वेच्छिक अवकाश योजना अन्तर्गत कर्मचारीलाई भुक्तानी गरिने एकमुष्ठ तलब रकम आदि भुक्तानी ।
माथि उल्लेख भए अनुसार नियम २० को उपनियम २ को खण्ड (घ) को प्रावधान पूरा नगरी अर्थात, कर्मचारी वा कामदार सेवाबाट अवकाश हुनु अगाडि प्राप्त गर्ने भुक्तानी, जस्तैः Long Service Gratuity, Leave Encashment, Medical Expenses जस्ता भुक्तानी सेवाकालमानै प्राप्त गरेको अवस्थामा त्यस्ता भुक्तानी अवकाश भुक्तानी अन्तर्गत पर्दैनन् र त्यस्ता भुक्तानी जहिले प्राप्त भएको हो सोही समयको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै अवकाश योगदान गर्ने कर्मचारीबाहेक अन्य प्राकृतिक व्यक्ति (हिताधिकारी) ले अन्ठाउन्न वर्ष उमेर नपुग्दै वा मृत्यु वा स्थायी रूपमा अपाङ्ग भएको अवस्थामा बाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गरेमा त्यस्ता भुक्तानी अवकाश भुक्तानी मानिनेछैन र त्यस्तो रकम भुक्तानी प्राप्त भएको समयमा आयमा समावेश गर्नुपर्ने हुन्छ । तर अवकाश कोषको स्वीकृत विनियम बमोजिम अवकाश कोषबाट यस्ता हिताधिकारीले लिएको कर्जा रकम कोषको लगानी हुने हँुदा त्यस्तो कर्जा रकमलाई भुक्तानी मानिदैंन । यसरी कोषबाट आफ्ना हिताधिकारीलाई लगानी गरेको रकम ब्याज सहित वा निब्र्याजी रूपमा फिर्ता गर्नु पर्दछ । कोषमा योगदान भएको निजको रकम तथा त्यसमा प्राप्त प्रतिफललाई अवकाश भुक्तानी रकम मानी सोमा कर कट्टी गर्नु पर्दछ ।
एक भन्दा बढी अवकाश कोष व्यवस्थापकसँग अवकाश योगदान रकम जम्मा गरेको अवस्थामा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार सीमाभन्दा बढी छुट लिन सक्ने सम्भावना भएको हँुदा कामदार तथा कर्मचारीको हकमा रोजगारदातालाई आफ्नो योगदान रहेको अर्को अवकाश कोषको बारेमा घोषणा गर्न लगाउने र अवकाश हुँदाको अवस्थामा सोही व्यहोरा उल्लेख गरी सम्बन्धित अर्को अवकाश कोष व्यवस्थापकलाई जानकारी गराउनु पर्नेछ । रोजगारकर्ता बाहेक अन्य प्राकृतिक व्यक्तिको हकमा निजबाट घोषणा लिई सोको जानकारी सम्बन्धित राजस्व कार्यालयमा दिनुपर्ने दायित्व कोष व्यवस्थापकको हुनेछ ।
१२.४.२ ऐनको दफा ६५ मा अवकाश भुक्तानी सम्बन्धमा निम्नानुसारको विशेष व्यवस्था गरिएको छः–
६५(१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको योगदानमा आधारित हितबाट भएको वा नेपाल सरकारबाट भएको अवकाश भुक्तानी आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछः–
(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरूलाई आयमा समावेस गर्नु पर्नेछ, र
(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको यदि त्यस्तो भुक्तानी एकमुष्ठ रूपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रूपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भुक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ मानिनेछ ।
कुनै प्राकृतिक व्यक्तिलाई स्वीकृत अवकाश कोष वा नेपाल सरकारबाट एकमुष्ठ अवकाश भुक्तानी गर्दा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गरी ऐनको दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (१) अनुसार ५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी दिनु पर्नेछ । यसरी अग्रिम कर कट्टा गरिएको रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी मानिन्छ ।
उदाहरण १२.४.१ः मानौं, महन्त प्रसाद भन्ने कर्मचारी नेपाल वायुसेवा कम्पनीमा कार्यरत रहेछन् । निजको नोकरी अवधिमा कट्टी गरिएको अवकाश योगदान रकम कर्मचारी सञ्चयकोषमा जम्मा गर्ने गरेको रहेछ । निज मिति २०७६ आषाढ मसान्तमा नोकरीबाट निवृत्त भएका रहेछन् । निजले अवकाश भुक्तानी २०५८ चैत्र १८ गतेसम्म रु.६ लाख र त्यसपछि रु.२५ लाख गरी जम्मा रु.३१ लाख पाउने देखियो । यस अवस्थामा निजको आय
गणना निम्नानुसार गर्नु पर्दछ ।
२०५८ चैत्र १८ गतेसम्म रु.६,००,०००।–
त्यसपछि निवृत्त हुँदा सम्म रु.२५,००,०००।–
जम्मा अवकाश भुक्तानी रु.३१,००,०००।–
न्युन २०५८ चैत्र १८ गतेसम्म पाकेको
सञ्चयकोष रकम छुट हुने
रु.६,००,०००।–
आय २५,००,०००।–
भुक्तानी रकम रु.२५,००,०००।–
घटाउने, दफा ६५(१)(ख) अनुसार भुक्तानी रकमको ५०५ले हुने रकम रु.१२,५०,०००।– वा तोकिएको रकम रु.५,००,०००।–मा बढी हुने रकम रु.१२,५०,०००।–
करयोग्य भुक्तानी रु.१२,५०,०००।–
५ प्रतिशतका दरलेअग्रिम कर (अन्तिम विधि) रु.६२,५००।–
निजले जम्मा प्राप्त गर्ने अवकाश भुक्तानी
(३१,००,००० – ६२,५००) रु.३०,३७,५००।–
६५(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछः–
(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रूपमा हुने कर कट्टीको रूपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ ,
स्वीकृत नलिएको अवकाश कोषबाट हिताधिकारीलाई अवकाश रकम भुक्तानी गर्दा कट्टा गरिएको कर अन्तिम हुनेछ ।
उदाहरण १२.४.२ः मानौ, माथि उल्लेख गरिएको उदाहरण १२.४.१ मा नेपाल वायु सेवा कम्पनीबाट कट्टा गरिएको योगदान रकम अस्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ । निज महन्तको २०५८ चैत्र १८ गते सम्म रु.४,००,०००।– र सो मिति पश्चात रु.२५,००,०००।– योगदान रहेछ । २०५८ चैत्र १८ गतेसम्म आर्जित ब्याज रु.१ लाख रहेछ । उक्त अवकाश कोषबाट निवृत्त हुँदाका समयमा निजले एकमुष्ठ रु.३७ लाख भुक्तान पाउने रहेछन्। कर प्रयोजनको लागि निजका लाभको गणना निम्नानुसार गर्नु पर्दछ ।
निजले अवकाश कोषबाट प्राप्त गरेको एकमुष्ठ अवकाश भुक्तानी रु.३७,००,०००।–
न्यून:
२०५८ चैत्र १८ गते सम्मको योगदान रु.४,००,०००।– रु.३०,००,०००।–
२०५८ चैत्र १८ गते सम्मको ब्याज रु.१,००,०००।–
२०५८ चैत्र १८ गते
पश्चात निवृत सम्मको योगदान रु.२५,००,०००।–
अवकाश कोषमा रहेको हित बापत भएको लाभ रु.७,००,०००।–उक्त लाभमा ऐनको दफा ८८ को उपदफा (२) को खण्ड (ग) अनुसार ५ प्रतिशतका दरले हुने रु.३५,०००।– अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु.३६,६५,०००।– भुक्तानी गर्नु पर्दछ । यस्तो भुक्तानी रकम ऐनको दफा ९२ को उपदफा (१) को खण्ड ( छ) अनुसार अन्तिम कर कट्टीको भुक्तानी हुन्छ ।
(ख) गैर बासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।
उदाहरण १२.४.३ः मानौ, माथि १२.४.२ मा उल्लेख गरिएको उदाहरणमा, अवकाश कोष गैर बासिन्दा व्यक्ति रहेछ भने प्राप्त लाभ रु.७,००,०००।– लाई महन्त प्रसादले आयमा समावेश गरी आय विवरण दाखिला गर्नु पर्दछ ।ऐनको दफा ६५ मा लाभ गणना गर्ने प्रयोजनको लागि निम्नानुसारको स्पष्टीकरण दिइएको छः
यस दफाको प्रयोजनको लागि “स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ” भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरूको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भएजतिको रकम सम्झनु पर्छ ।
तर, हिताधिकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीब्युटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ मानिने छैन ।
उपर्युक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छः
उदाहरण १२.४.४ः मानौ, सामन्त राई बाणिज्य बैंकमा कार्यरत अधिकृत कर्मचारी रहेछन् । बैंकको कर्मचारी सेवाशर्त अनुसार बैंकले कर्मचारी सुरक्षण कोष स्थापना गरी हरेक वर्ष उक्त कोषमा रकम जम्मा गर्दै आएको रहेछ र निज कर्मचारी बैंकबाट अवकाश प्राप्त गर्दा सो कोषबाट रु.३,००,०००।– भुक्तानी पाएका रहेछन् भने उक्त कोषबाट प्राप्त हुने अवकाश भुक्तानी स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत प्राप्त भएको लाभ नमानी Non contributory Fund बाट प्राप्त भएको अवकाश भुक्तानी भएको र त्यस्तो भुक्तानीमा ऐनकोदफा ८८ को उपदफा (१) अनुसार १५ प्रतिशतका दरले अग्रिम कर कट्टा गर्नु पर्दछ । यस्तो भुक्तानी ऐनको दफा ९२ को उपदफा (१) को खण्ड (छ) अनुसार अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी मानिनेछ ।
१२.४.३. नियम २० को उपनियम (६) मा ऐन प्रारम्भ हुनु भन्दा अगाडिको अवकाश भुक्तानीमा कर सम्बन्धी प्रावधान निम्नानुसार हुने व्यवस्था गरेको छः–
खण्ड (क) ऐन प्रारम्भ हुनुभन्दा अघिका आयवर्षहरूमा कर्मचारी वा कामदारको सञ्चयकोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा ब्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा संञ्चित बिदा बापतको रकममा कर छुट हुने,
आयकर ऐन, २०५८ लागू हुनु भन्दा पूर्व आयकर ऐन, २०३१ अनुसार कर निर्धारण हुने व्यवस्था थियो । आयकर ऐन, २०३१ अनुसार कायम सुविधाको प्रत्याभूति आयकर ऐन, २०५८ ले पनि दिएको छ । यो ऐन २०५८ चैत्र १९ गतेदेखि लागू भएको हुँदा सो अवधिसम्मको सञ्चयकोष र नागरिक लगानी कोषमा जम्मा गरेको साँवा ब्याज लगायतका रकममा कर नलाग्ने व्यवस्था गरेको छ । साथै सो अवधिसम्म पाकेको उपदान तथा सञ्चित बिदा बापतको रकममा पनि कर लाग्दैन ।
उपर्युक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छः
उदाहरण १२.४.५ः मानौं, हरि प्रसाद काफ्ले ने.बैं.लि.मा २०४४ बैशाख १ गते सहायक स्तरमा नियुक्त भएका रहेछन् । निज २०६५ जेष्ठ १ गते सेवाबाट निवृत्त भए । निवृत्त हुँदाका अवस्थामा निजले निम्नानुसारका रकम प्राप्त गरेका रहेछन्।
(१) सञ्चयकोष २०५८ चैत्र १८ गतेसम्म साँवा रु.४,००,०००/–
(२) सञ्चयकोष २०५८ चैत्र १९ गते देखि २०६५ बैशाख मसान्त सम्मको साँवा रु.८,००,०००/–
(३) सञ्चयकोष २०५८ चैत्र १८ गतेसम्म ब्याज रु.१,५०,०००/–
(४) सञ्चयकोष २०५८ चैत्र १९ गते देखि २०६५ बैशाख मसान्त सम्मको ब्याज रु.१,५०,०००/–
सञ्चयकोष बापत जम्मा प्राप्त गर्ने रकम रु. रु.१५,००,०००/–
आयकर नियमावली, २०५९ को नियम २० को उपनियम (६)(क) अनुसार निजको कर छुट हुने रकमको गणना निम्नानुसार गर्नु पर्दछ ।
ऐन लागूहुनुभन्दा पूर्वको सञ्चयकोष साँवा रु.४,००,०००/–
ऐन लागूहुनुभन्दा पूर्वको सञ्चयकोष ब्याज रु.१,५०,०००/–
छुट हुने सञ्चयकोष रकम रु. ५,५०,०००/–
ऐन लागूभैसके पश्चातको अवकाश भुक्तानीको गणना निम्नानुसार गर्नुपर्दछ ।
ऐन लागूपश्चातको सञ्चयकोष (अवकाश कोष) रकम रु.८,००,०००/–
ऐन लागूपश्चात सञ्चयकोष (अवकाश कोष) मा ब्याज रु.१,५०,०००/–
जम्मा सञ्चयकोष रकम रु. ९,५०,०००/–
ऐन लागूभैसके पश्चात सञ्चयकोष रकम समेतलाई अवकाश कोष भनिन्छ, यदि उक्त अवकाश कोष स्वीकृत वकाश कोष भएको अवस्थामा सो कोषबाट गरिने भुक्तानीलाई कर प्रयोजनको लागि निम्नानुसार गणना गर्नुपर्दछ । ऐन लागूभए पश्चातकोअवधिको स्वीकृत अवकाश कोषबाट
प्राप्त कुल रकम रु.९,५०,०००/–
ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा भुक्तानी रकमको ५०% वा रु.५,००,०००/– मध्ये जुन बढी हुन्छ सो रकम घटाउनु पर्दछ, जस अनुसार,
(१) भुक्तानी रकमको ५०% ले हुने रकम रु.४,७५,०००/–
(२) तोकिएको रकम रु.५,००,०००/–
ऐन लागूभैसके पश्चात स्वीकृत अवकाश कोषबाट जम्मा रु.९,५०,०००/– भुक्तानी प्राप्त गरेकोमा ऐनको दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार लाभ गणना गर्दा रु.५,००,०००/– छुट पाउने भएकोले सो कट्टा गरी बाँकी रु.४,५०,०००/– मा ऐनको दफा ८८ को उपदफा (१)(१) बमोजिम पाँच प्रतिशतका दरले कर कट्टा गरी सो अवकाश कोषले बाँकी रकम निजलाई भुक्तानी दिनु पर्दछ ।
ऐन लागूभैसके पश्चात यदि अवकाश कोष अस्वीकृत अवकाश कोष भएको अवस्थामा भुक्तानी प्राप्त गरेको रकम र सो कोषमा योगदान गरेको रकमको फरक रकममा अग्रिम कर कट्टा गर्नु पर्दछ । उपर्युक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छः
उदाहरण १२.४.६ मानौं, हरि काफ्लेले योगदान गरेको अवकाश कोष निजले अवकाश प्राप्त गर्दाका बखत स्वीकृति नलिएको अवकाश कोषमा परिणत भएकोरहेछ । निजको सो अवकाश कोषको योगदान र प्राप्त गरेको भुक्तानी निम्नानुसार रहेछः
(१) सञ्चयकोष – २०५८ चैत्र १९ गते देखि बैशाख मसान्त २०६० सम्मको साँवा ............... रु.४,५०,०००/–
(२) ऐ अवधिमा सञ्चय कोषको रकममा ब्याज ........... रु.५०,०००/–
जम्मा भुक्तानी रकम रु.५,००,०००/–
उक्त साँवा रकममध्ये निज हरि काफ्लेको आफ्नो योगदान रकम रु.४,५०,०००।– रहेछ भने सोमा निम्नानुसार कर कट्टा गर्नु पर्छ ।
(१) भुक्तानी हुने रकम रु.५,००,०००/–
(२) उक्त कोषमा आफ्नो योगदान रकम रु.४,५०,०००/–
कर प्रयोजनको लागि लाभ:– रु.५०,०००/–
ऐनको दफा ८८ (१) अनुसार भुक्तानी गर्दा ५ प्रतिशतका दरले हुने रु.२,५००।– अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्नु पर्दछ ।
तर, उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात रु.५ लाख वा भुक्तानी रकमको पचास प्रतिशतमध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने हुन्छ । उपर्युक्त व्यवस्था तलको उदाहरणबाट स्पष्ट पारिएको छः
उदाहरण १२.४.७ः मानौं, माथि उदाहरण १२.४.५ मा बैंकको कर्मचारी विनियामावली अनुसार उपदानको निम्नानुसार व्यवस्था रहेछ ।
५ वर्ष सेवा अवधि पूरा भएका लागि – प्रति वर्ष सेवा अवधि पूराको लागि आधा महिनाको तलब
५ वर्ष भन्दा बढी १० वर्षसम्म – प्रति वर्ष सेवा अवधिपूराको लागि एक महिनाको तलब
१० वर्ष भन्दा बढी १५ वर्षसम्म – प्रति वर्ष सेवा अवधि पूराको लागि डेढ महिनाको तलब
१५ वर्ष भन्दा बढी – प्रति वर्ष सेवा अवधिपूराको लागि दुई महिनाको तलब
सेवा निवृत्त हुँदा निजको तलव रु.४०,०००।– प्रति महिना रहेछ । निजको २०५८ चैत्र १८ गतेसम्म ६० दिन र निवृत्त हुँदा १२० दिन घर बिदा रहेछ । सो बापतरु.१,६०,०००।– भुक्तानी प्राप्त गरेका रहेछन्। निजको कर गणना निम्नानुसार गर्नुपर्दछ । उपदान रकम भुक्तानी (२१.०८ वर्षको प्रति वर्ष २ महिनाको तलब बराबर) रु. १६,८६,४००।–
आयकर नियमावली, २०५९ को नियम २० (६) अनुसार ऐन प्रारम्भ हुनु भन्दा अगाडि र पछाडिको सञ्चित बिदा बापतको रकम र पाकेको उपदान निम्नानुसार गणना गर्नुपर्दछ । जम्मा सेवा अवधि २१ वर्ष १ महिनामध्ये २०५८ चैत्र १८ गतेसम्म सेवा अवधि १४ वर्ष ११ महिना १८ दिन ।
– घर बिदा १२० दिन बापत प्राप्त रकम रु.१,६०,०००।–
२०५८ चैत्र १८ गते सम्मकोपाकेको विदा ६० दिनको रु.८०,०००।–
बिदा बापत करयोग्य अवकाश भुक्तानी (क) रु.८०,०००।–
– उपदान रकम – रु.१६,८६,४००।–
२०५८ चैत्र १८ गतेसम्म पाकेको उपदान – रु.(११,९६,२४०।–)
(४०,००० X १४.९५३ वर्ष X २ महिनाका दरले) करयोग्य अवकाश उपदान (ख) रु.४,९०,१६०।–
कर प्रयोजनको लागि अवकाश भुक्तानी (क+ख) रु.५,७०,१६०।–
उक्त कर प्रयोजनको लागि गणना गरिएको अवकाश भुक्तानी रु.५,७०,१६०।–मा आयकर ऐन २०५८ को दफा ८८(१) अनुसार १५% का दरले अग्रिम कर कट्टी गरी भुक्तानी दिनु पर्दछ । यसरी अग्रिम कर कट्टा गरी भुक्तानी प्राप्त रकम ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी प्राप्त गरिएको भुक्तानी हुने हुँदा ऐनको दफा ८(३) अनुसार रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । यसमा नियम २० (६) को खण्ड (क) मा ऐन लागूहुनुभन्दा पूर्व पाकेको उपदान र बिदा बापतको रकम अवकाश हुँदाका अवस्थामा मात्र हिसाब किताब गरी भुक्तानी गरिने हुँदा अवकाश हुँदाका अवस्थामा खाइपाई आएको तलबबाट गणना गरी कर छुट दिनु पर्दछ ।
तर उक्त भुक्तानी नेपाल सरकारबाट प्राप्त भएको भए दफा ६५ को उपदफा (१) को खण्ड (ख) अनुसार हुन आउने लाभ अर्थात रु.५ लाख वा भुक्तानी रकमको पचास प्रतिशतमध्ये जुन बढी हुन्छ सो कटाई बाँकी रकममा ५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने हुन्छ ।
खण्ड (ख) ऐन प्रारम्भ हुँदाका बखत सेवामा रहेका कर्मचारी वा कामदारलाई सेवाबाट अवकाश हुँदा निजहरूको सेवा शर्त सम्बन्धी नियम अनुसार भुक्तानी हुने एक लाख असी हजार रूपैयाँसम्मको औषधि उपचार खर्च रकमलाई सो कर्मचारी वा कामदारको आयमा समावेश नगरिने ।
उक्त अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ:
उदाहरण १२.४.८ः मानौं, स्वेच्छा कपाली विकास बैंक लिमिटेडमा २०५२ भदौ १ गतेदेखि कार्यरत कर्मचारी हुन्। बैंकको कर्मचारी सेवा शर्त विनियमावली अनुसार अवकाश हुँदाको अवस्थामा प्रति एक वर्ष सेवा अवधिको लागि एक महिनाको तलब औषधि उपचार खर्च दिने व्यवस्था रहेछ । निजको अन्य विवरण निम्नानुसार रहेछ ।
(क) सेवा निवृत्त: २०६४ श्रावण ३१ गते
(ख) निवृत्त हुँदाको अवस्थामा तलव रु.२०,०००।– प्रति महिना ।
(ग) सेवा अवधि: १२ वर्ष
माथि उल्लेख गरिएका सूचनाका आधारमा निजको औषधि उपचार खर्च कर प्रयोजनको लागि निम्नानुसार गणना गरिन्छ ।
(क) सेवा अवधि १२ वर्ष
(ख) औषधि उपचार खर्च बापत भुक्तानी रकम: १२हX२०,०००।– रु.२,४०,०००।–
नियम २० को उपनियम ६(ख) अनुसार छुट हुने रकम रु.१,८०,०००।–
औषधी उपचार खर्च अन्तर्गतको अवकाश भुक्तानी रु.६०,०००।–
नेपाल बैंक लिमिटेडले निजलाई भुक्तानी गर्नुपर्ने रु.२,४०,०००।– मा रु.९,०००।– (६०,०००X१५%) कर कट्टा गरी बाँकी हुन आउने रकम रु.२,३१,०००।– भुक्तानी गर्नु पर्दछ।
१२.५. अवकाश योगदान रकम
ऐनको दफा २ को खण्ड (च) बमोजिम“अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ ।
अवकाश योगदान रकम भन्नाले प्राकृतिक व्यक्तिले आफैले वा सम्बद्ध व्यक्ति अर्थात रोजगारकर्ताको हकमा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान रकमलाई समेत जनाउँछ ।
उदाहरण १२.५.१: हमिद अहमद मासिक रु.२०,०००।– पारिश्रमिक पाउने गरी कमलेश प्रा. लि.मा कार्यरत रहेछन् । उक्त कम्पनीबाट रु.२,०००।– प्रति महिना निजको नाममा अवकाश कोषमा जम्मा गरिने र सो कोषमा निजले बेग्लै रु.२,०००।– लगानी गरेको भए दुवै गरी हुने रु.४,०००।– लाई निज हमिद अहमदको अवकाश योगदान रकम मानिन्छ ।
अवकाश योगदान स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषमा हुन सक्दछ । स्वीकृत अवकाश कोषमा गरिएको अवकाश योगदान ऐनको दफा ६३ को अधीनमा रही करयोग्य आयबाट घटाई पाउँन दाबी गर्न सकिन्छ भने स्वीकृति नलिएको अवकाश कोषमा गरिएको अवकाश योगदान करयोग्य आयबाट घटाई पाउन दाबी गर्न सकिदैन ।
१२.६. अवकाश योगदानको सीमाः
नियम २१ मा अवकाश योगदानको सीमा निम्नानुसार हुने व्यवस्था गरिएका छः
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रूपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।
तर योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले सो कोषमा योगदान गर्दा पाँच लाख रूपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ ।
यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ:
उदाहरण १२.६.१ः मानौं, अपरिजिता कश्यप विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारी हुन्। निजले बैंकबाट निम्नानुसारको तलव सुविधा प्राप्त गरेकी रहिछिन्।
मासिक तलव रु.२०,०००।– प्रति महिना
शिक्षा भत्ता रु.२,०००।– प्रति महिना
लुगा भत्ता रु.१०,०००।– प्रति वर्ष
दशै खर्च एक महिनाको तलब
सवारीसाधन भत्ता रु.१,०००।– प्रति महिना
टेलिफोन खर्च रु.१,०००।– प्रति महिना
निजलाई बैकले आवास व्यवस्था गरेको रहेछ ।
बैंकले निजको तलबबाट १० प्रतिशत कट्टा गरी सोही रकम बराबर थप गरी स्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरेको रहेछ ।
तलब २०,०००X१२ रु.२,४०,०००।–
शिक्षा भत्ता २,००० X१२ रु.२४,०००।–
लुगा भत्ता रु.१०,०००।–
दशै खर्च रु.२०,०००।–
सवारी साधन भत्ता १,००० X१२ रु.१२,०००।–
टेलिफोन खर्च १,००० X१२ रु.१२,०००।–
आवास सुविधा (२४०,००० X २/१००) रु.४,८००।–
थप अवकाश योगदान (२४०,००० X१०/१००) रु.२४,०००।–
निर्धारणयोग्य आय रु.३,४६,८००।–
घटाउने
अवकाश योगदान
दफा ६३(२) र नियम २१ अनुसार गणना गरिए मध्ये कम रकम छुट हुने,
i वास्तविक योगदान
(२४,०००+२४,०००) रु.४८,०००।–
ii निर्धारणयोग्य आयको एक
तिहाई हुने रकम रु. १,१५,६००।–
(३,४६,८००x१/३)
iii अधिकतम सीमा रु. ३,००,०००।–
करयोग्य आय रु. २,९८,८००।–उदाहरण १२.६.२ः मानौं, माथि उदाहरण १२.६.१ मा उल्लेख गरिएको उदाहरणमा उल्लेख गरिए अनुसारको निर्धारणयोग्य आय रु.३,४६,८००।– र निजले आफ्नो तर्फबाट नागरिक लगानी कोषमा प्रति महिना १०,०००।– थप योगदान गरेकी रहिछन् भने निजको योगदान निम्नानुसार गणना पर्दछ ।
निर्धारणयोग्य आय रु. ३,४६,८००।–
घटाउने
अवकाश योगदान
दफा ६३(२) र नियम २१ अनुसार गणना गरिए मध्ये कम रकम छुट हुने,
i वास्तविक योगदान रु.१,६८,०००।–
वि.वै.लि.अवकाश कोष रु.४८,०००।–
नागरिक लगानी कोष रु.१,२०,०००।– रु.१,१५,६००।–
ii निर्धारणयोग्य आयको एक
तिहाई हुने रकम रु.१,१५,६००।–
(३,४६,८००x१/३)
iii अधिकतम सीमा रु.३,००,०००।–
करयोग्य आय रु. रु.२,३१,२००।–
ऐनको दफा ४ को उपदफा (३) को खण्ड (ग) बमोजिम रोजगारदाताले भुक्तानी गरी दिएको अवकाश योगदान बाहेक अन्य अवकाश योगदान करयोग्य आयबाट घटाई पाउनको लागि दाबी गर्न निजले आफ्नो आय विवरण भने पेश गर्नु पर्दछ । यदि नागरिक लगानी कोष वा रोजगारदातासँगको करार अनुसार अन्य अवकाश कोषमा रोजगारदाता आफैले निजको तर्फबाट पारिश्रमिकबाट कट्टा गरी जम्मा गरिदिएको अवस्थामा त्यस्तो रोजगारकर्ताको अन्य आय नभएमा आय विवरण भने दाखिला गर्नु पर्दैन । आयकर नियमावली, २०५९ को दशौं संशोधनबाट “तर योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले सो कोषमा योगदान गर्दा पाँच लाख रूपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछ” भन्ने प्रतिबन्धात्मक वाक्यांश थपिएको हुँदा उक्त कोषमा योगदान गर्नेको हकमा पाँच लाख रूपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकम निर्धारणयोग्य आयबाट घटाउन पाउँदछ ।
१२.७. अवकाश कोषमा करः
ऐनको दफा ६४ मा अवकाश कोषको कर सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छः
६४(१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरू कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ ।
तर–
(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन ।
अवकाश कोषले प्राप्त गर्ने योगदान रकम कोषको आम्दानी हुने छैन । उदाहरणको लागि कर्मचारी सञ्चयकोषले विभिन्न निजामतीका साथै अन्य संघ संस्थाबाट प्राप्त गरेको योगदान रकम कर्मचारी सञ्चयकोषको आम्दानी मानिदंैन ।
(ख) अवकाश भुक्तानीहरू सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कट्टी गर्न पाइने छैन ।
विभिन्न हिताधिकारीले अवकाशको अवस्थामा प्राप्त गर्ने अवकाश भुक्तानी सो अवकाश कोषको खर्च मानिदंैन । जस्तैः विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरू सेवाबाट निवृत्त को अवस्थामा कर्मचारी सञ्चयकोष मार्फत गरिने अवकाश भुक्तानी रकम कर्मचारी सञ्चय कोषको खर्च मानिदैंन ।
यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ:
उदाहरण १२.७.१ः मानौं, नेपाल वायुसेवा कम्पनीमा कार्यरत कर्मचारी हरिहर विश्वकर्मा २०६५ जेष्ठ १२ गते कम्पनीबाट सेवा निवृत्त भएका रहेछन् । सेवा अवधिभर कम्पनीले उक्त कर्मचारीको सञ्चयकोष बापत रु.८,००,०००।– स्वीकृत अवकाश कोषमा पठाएको रहेछ । सेवा निवृत्त भएको समयमा उक्त अवकाश कोषले रु.१०,००,०००।–निज कर्मचारीलाई भुक्तान गर्नुपर्ने रहेछ । यसरी सो कोषले प्राप्त गरेको अवकाश योगदान रु.८,००,०००।–सो कोषको आम्दानी मानिदैनौ भने सो कर्मचारीलाई अवकाश भुक्तानी गरेको रु.१० लाख पनि सो कोषको खर्च मानिदैन ।
(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।
माथि उल्लेख गरिएको उदाहरण अनुसार निगमका कर्मचारीको अवकाश योगदान (हित) कर्मचारी सञ्चयकोष (अवकाश कोष) को दायित्व हुदैन । अवकाश कोषले अवकाश योगदान प्राप्त गर्दा आय नमानिने र उक्त कोषबाट हिताधिकारीलाई भुक्तानी गर्दा सो कोषको खर्च पनि नमानिने हुँदा हिताधिकारीको हित पनि कोषको दायित्व नमानिएको हो। कोष हिताधिकारीको न्याय (Trust) को रूपमा रहने निकाय हो । हिताधिकारीको रूपमा रहेका
प्राकृतिक व्यक्ति नै सो कोषको आ–आफ्नो खाता इकाईको अधिकारी (मालिक) हुन्। कोषको व्यवस्थापनले आयकर नियमावलीको नियम २० को उपनियम (२) ले तोकेको क्षेत्रमा लगानी गरी हिताधिकारीको लागि लाभ आर्जन गरिदिने मात्र हो ।
६४(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।
कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष, निवृत्तभरण कोष तथा नागरिक लगानी कोषले सञ्चालन गरेको अवकाश कोष र विभागबाट स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका अवकाश कोषको आम्दानीमा कर लाग्दैन ।
६४(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रूपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा अनुसूची–१ को दफा २ को उपदफा (१) मा उल्लिखित करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछः–
(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रूपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरू र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,
(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रूपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।
यदि कुनै पनि स्वीकृत अवकाश कोष त्यस्तो कोषको रूपमा नरहेमा अर्थात स्वीकृति नलिएको अवकाश कोषमा परिणत भएको अवस्थामा त्यस्तो कोषको आयमा अनुसुची–१ को दफा २ को उपदफा (१) अनुसार २५५ का दरले कर लाग्छ । यस व्यवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ :
उदाहरण १२.७.२ः मानौ नेपाल सृजन कम्पनी लि.ले आफ्ना कामदार कर्मचारीको लागि मिति २०६० आषाढ मसान्तका दिन विभागबाट स्वीकृति प्राप्त गरी अवकाश कोष सञ्चालन गरिरहेको छ । उक्त कोषको हिसाब किताब निम्नानुसार छ ।
आ.व.६०/६१ अवकाश योगदान रु.२५,००,०००।–
आ.व.६०/६१ लगानीबाट प्राप्त ब्याज रु.१,५०,०००।–
आ.व.६१/६२ अवकाश योगदान रु.३०,००,०००।–
आ.व.६१/६२ लगानीबाट प्राप्त ब्याज रु.४,००,०००।–
आ.व.६०/६१ मा अवकाश भुक्तानी रु.१५,००,०००।–
आ.व.६१/६२ मा अवकाश भुक्तानी रु.१४,००,०००।–
आ.व.६०/६१ मा अवकाश कोष सञ्चालन खर्च रु.१,००,०००।–
आ.व.६१/६२ मा अवकाश कोष सञ्चालन खर्च रु.१,१०,०००।–
मानौ उक्त अवकाश कोष २०६२ जेष्ठ मसान्तका दिनदेखि विभागले दिएको स्वीकृति रद्द गरेको जानकारी गरायो । यस अवस्थामा स्वीकृत अवकाश कोष अस्वीकृत अवकाश कोषमा २०६२ जेष्ठ मसान्तका दिनदेखि परिणत भएको हँुदा उक्त अवकाश कोषको कर गणना निम्नानुसार गर्नु पर्दछ ।
स्वीकृति प्राप्त भएको मिति: २०६० आषाढ मसान्त
स्वीकृति समाप्त भएको मिति: २०६२ जेष्ठ मसान्त
स्वीकृति प्राप्त भएको मिति देखिको योगदान रु.५५,००,०००।–
स्वीकृति समाप्त भएको मितिसम्म लगानीबाट प्राप्त ब्याजः रु.५,५०,०००।–
न्यूनः अवकाश कोष सञ्चालन खर्च रु. (२,१०,०००।–)
स्वीकृति समाप्त भएको मितिसम्मको करयोग्य आय रु.३,४०,०००।–
भएको मितिसम्म लगानीबाट प्राप्त ब्याज जम्मा आय (क) रु.५८,४०,०००।–
अवकाश भुक्तानी:
आ.व.६०/६१ रु.१५,००,०००।–
आ.व.६१/६२ रु.१४,००,०००।–
जम्मा अवकाश भुक्तानी (ख) रु.२९,००,०००।–
करयोग्य आय (क –ख) रु.२९,४०,०००।–
करको दर २५५ रु.७,३५,०००।–