Patan Dhoka Lalitpur-3, Nepal

११.१ आयकर ऐन, २०५८ मा करयोग्य आय हुने व्यक्तिलाई कर लगाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था अन्र्तगत व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति (Natural Person) लगायत निकायलाई समेत जनाउँछ । प्राकृतिक व्यक्तिले आर्जन गरेको आयमा निकायको भन्दा फरक रूपमा आय तथा आयकर गणनाका सम्बन्धमा ऐनको परिच्छेद ९ मा विशेष व्यवस्था गरिएको छ । उपर्युक्त विशेष व्यवस्था लगायत प्राकृतिक व्यक्तिका आय वा आयकर गणना गर्ने सम्बन्धमा भएका व्यवस्थालाई प्रकाश पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।

११.२ मुख्य शब्दावली
  ११.२.१ प्राकृतिक व्यक्तिः प्राकृतिक व्यक्ति (Natural Person) भन्नाले मानिस (Human being) लाई जनाउँछ। निकायको स्थापना एवंसञ्चालन सम्बन्धी कानुनमा उल्लेख गरे बमोजिम हुनेछ भने प्राकृतिक व्यक्तिले सामान्यतयाः स्पष्ट रूपमा कानुनले बन्देज नलगाएका बाहेक अन्य काम गर्न सक्दछन् । ऐनको दफा (२) को खण्ड (व) मा प्राकृतिक व्यक्तिलाई निम्नानुसार परिभाषित गरिएको छ ।

“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पती समेतलाई जनाउँछ ।

११.२.२ बासिन्दा व्यक्तिः ऐनको दफा २ को खण्ड (कङ) को उपखण्ड (१) मा प्राकृतिक व्यक्ति निम्नानुसारको कुनै अवस्था भएमा बासिन्दा व्यक्ति मानिन्छ ।
(क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,
(ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको, वा
(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको ।
बासिन्दा व्यक्ति सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २ मा गरिएको छ ।
 
११.२.३ दम्पतीः बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित रूपमा सूचना दिएर कुनै खास आयवर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको (Married filing jointly) रूपमा मानिने गरी छनौट गर्न सक्दछन्। कुनै आय वर्षको लागि यो व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनुपर्ने करको लागि संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा जिम्मेवार (Jointly and Separately Liable) हुन्छन् । ऐनको दफा ५० मा दम्पतीको सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।
 
५०(१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी छनौट गर्न सक्नेछन् ।
५०(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनु पर्ने करको लागि एक अर्कोप्रति संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा जिम्मेवार हुनेछन् । 
५०(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई दम्पती सरह मानिने छ ।

ऐनको दफा ५० को व्यवस्था अनुसार दम्पती हुनलाई सामान्यतयाः निम्नानुसारको अवस्था भई छनौट गरेको हुनु पर्दछ ।
पति पत्नी दुवै जना बासिन्दा व्यक्ति हुनु पर्दछ ।
दम्पतीको रूपमा मानिने पति वा पत्नी दुवैले लिखित सूचना दिनु पर्दछ । तर आयविवरण फारममा छनौटबारे निर्दिष्ट महलमा जानकारी दिएमा सोही आधारमा छनौट गरेको मानिनेछ ।
छनौट एक आय वर्षका लागि मात्र हुन्छ ।
कर तिर्ने जिम्मेवारी पति र पत्नी दुवै जनाको संयुक्त र व्यक्तिगत रूपमा हुनेछ ।
आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधुर वा विधवाले (Qualified Widow/er) पनि दम्पती सरह  विधा दाबी गर्न सक्तछन्।

११.३ औषधि उपचार बापत कर मिलान (Medical Tax Credit)
११.३.१ प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफै वा अन्य कुनै व्यक्ति मार्फत (जस्तै, रोजगारदाता मार्फत) गरेको स्वीकृत औषधि उपचार खर्चको लागि कुनै आय वर्षमा औषधि उपचार बापत कर मिलान (Medical Tax Credit) दाबी गर्न सक्दछ । आयकर ऐन, २०५८ मा औषधि उपचार बापतको खर्च मिनाहा हुने व्यवस्था नगरी औषधि उपचार खर्च बापत प्राप्त भएको सुविधा भए सो सुविधाको भुक्तानीलाई आयको गणनामा समावेश गरी लाग्ने करको गणना पश्चात करबाट एउटा निश्चित व्यवस्था र तोकिएको सीमाको अधीनमा रही कर दायित्वबाट सिधै घटाउन पाउने व्यवस्था गरिएको छ । ऐनमा दम्पतीको रूपमा आय निर्धारण गर्न छनौट गरेको दम्पतीलाई पनि प्राकृतिक व्यक्ति मानिएको हुँदा कुनै आय वर्षमा एउटै प्राकृतिक व्यक्तिको रूपमा छनौट गरेको पति वा पत्नीले सो आय वर्षमा आफ्नो र आफ्नो पति वा पत्नी उपर गरिएको स्वीकृत औषधि उपचार खर्च समेत यस प्रयोजनको लागि मान्यता राख्दछ ।
 
ऐनको दफा ५१ मा औषधि उपचार बापत कर मिलान सम्बन्धी निम्नानुसारको व्यवस्था रहेको छ:
५१(१) कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैं वा अन्य कुनै व्यक्ति मार्फत गरेको स्वीकृत औषधि उपचार खर्चको लागि कुनै आय वर्षमा औषधि उपचार बापत कर मिलान गर्न दाबी गर्न सक्नेछ ।

औषधोपचार खर्च प्राकृतिक व्यक्ति आफैंले वा अन्य कुनै व्यक्तिमार्फत निजको लागि गरिएको भए पनि त्यस्तो खर्च बापत कर मिलान दाबी गर्न पाइन्छ । निजको लागि भन्नाले प्राकृतिक व्यक्तिको आफ्नो लागि भएको औषधोपचार जनाउँदछ । तर कुनै आय वर्षमा दम्पती हुन छनौट गर्ने प्राकृतिक व्यक्तिको हकमा सो आय वर्षको लागि पति र पत्नी दुवैको लागि भएको औषधोपचार खर्चको लागि कर मिलान दाबी गर्न पाइन्छ ।

उदाहरण ११.३.१ः मानौं, कुनै कम्पनीमा कार्यरत कुनै कर्मचारी विरामी भई औषधोपचार गराउँदा कर्मचारी आफैंले खर्च गरेको औषधोपचारको रकम होस् वा सो कर्मचारी काम गर्ने कम्पनीले खर्च गरिदिएको औषधोपचारको रकम होस्, दुवै अवस्थामा सो कर्मचारीले कर मिलान गर्न दाबी गर्न पाउँछ । तर, कम्पनीले औषधोपचार बापत गरेको खर्च प्राकृतिक व्यक्तिको आयमा समावेश भएको छ भने मात्र कर मिलान सुविधा पाउँछ ।

५१(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधि उपचार बापत कर मिलानको रकम उपदफा (१) बमोजिमको स्वीकृत औषधि उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा उपदफा (४) मा उल्लिखित कुनै रकम भए सो समेत जोडी गणना गर्नु पर्नेछ ।
कर मिलान गर्न दाबी गर्दा कुनै आय वर्षमा स्वीकृत औषधोपचार बापत खर्च भएको सम्पूर्ण रकम तिर्नुपर्ने करबाट घटाउन पाइदैन । खर्च भएको स्वीकृत औषधोपचार बापतको रकमको पन्ध्र प्रतिशतले हुने रकम र विगतका वर्षबाट जिम्मेवारी सरेर आएको कर मिलान गर्न बाँकी रकम मात्र घटाउन पाइन्छ ।
उदाहरण ११.३.२ः मानौं, कुनै व्यक्तिको विगत वर्षमा स्वीकृत औषधोपचार बापत कर मिलान हुन नसकेको रु.३००।– जिम्मेवारी सरेर आएको रहेछ । यो वर्ष निजले स्वीकृत औषधोपचार बापतरु.२,०००।– खर्च गरेको रहेछ भने उसले यो वर्ष खर्च गरेको रु.२,०००।– को पन्ध्र प्रतिशतले हुने रकम रु.३००।– र विगत वर्षबाट जिम्मेवारी सरिआएको बाँकी रकम रु.३००।– समेत जम्मा रु.६००।– कर मिलान दाबी गरी यो वर्ष तिर्नुपर्ने करबाट घटाई बाँकी कर तिर्नुपर्ने हुन्छ ।

५१(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधि उपचार बापत कर मिलान रकम तोकिएको सीमाभन्दा बढी हुने छैन ।
स्वीकृत औषधोपचार बापत भएको खर्चको पन्ध्र प्रतिशतले हुने रकममा विगतबाट जिम्मेवारी सरेको रकम जोड्नुपर्ने गरी उपदफा (२) मा व्यवस्था गरिएकोछ । यसरी जोड्दा हुने रकम निश्चित सीमाभित्र रही सोही वर्ष लाग्ने करबाट घटाउन पाइन्छ । आयकर नियमावलीको नियम १७ को उपनियम (३) मा कुनै एक वर्षमा कर मिलानको लागि दाबी गर्न पाउने अधिकतम हद तोकिएको छ । सो नियममा भएको व्यवस्था बमोजिम एक वर्षमा बढीमा रु. सात सय पचाससम्म मात्र स्वीकृत औषधोपचार बापत तिर्नुपर्ने करबाट घटाउन पाइन्छ । यसकारण, औषधोपचार कर मिलानको रकम निम्नानुसारका रकममध्ये सबैभन्दा कम रकममात्र निर्धारण हुन्छ:
क. रु.७५०।–,
ख. विगत वर्षबाट सरिआएको मिलान हुन बाँकी कर रकम र यो वर्षको स्वीकृत औषधोपचार खर्चको १५ प्रतिशतले हुने रकम,
ग. यो वर्ष तिर्नपर्ने कर रकम,
उपर्युक्त व्यवस्था तलको उदाहरणमा स्पष्ट पारिएको छ ।
उदाहरण ११.३.३ः मानौं, कुनै व्यक्तिको विगत वर्षमा स्वीकृत औषधोपचार बापत कर मिलान हुन नसकेको रु.५००।– जिम्मेवारी सरेर आएको रहेछ । यो वर्ष निजले स्वीकृत औषधोपचार बापतरु.२०,०००।– खर्च गरेको रहेछ भने उसले यो वर्ष खर्च गरेको रु.२०,०००।– को पन्ध्र प्रतिशतले हुने रकम रु.३,०००।– र विगत वर्षबाट जिम्मेवारी रेको बाँकी कर मिलान रकम रु.५००।– समेत जम्मा रु.३,५००।– कर मिलान गर्न पाउँछ । तर, आयकर  यमावलीको नियम १७ को उपनियम (३) मा एक वर्षमा कर मिलान गर्न पाउने अधिकतम सीमा सात सय पचास रूपैंयाँमात्र तोकिएकोले यो वर्ष निजले रु.७५०।– मात्र कर मिलान गरी बाँकी रु.२,७५०।– आगामी वर्षकोलागि जिम्मेवारी सार्नु पर्दछ ।

५१(४) कुनै आय वर्षमा कुनै प्राकृतिक व्यक्तिको हकमा देहायका हदसम्म खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम बढी भएको रकम जिम्मेवारी सारी आगामी वर्षहरूमा उपदफा (२) बमोजिमको रकममा समावेश गर्न सकिनेछः–

५१(४)(क) उपदफा (२) बमोजिमको रकम उपदफा (३) बमोजिमको सीमाभन्दा बढी भएमा यस्तो बढी भएको रकम, र
कुनै वर्ष स्वीकृत औषधोपचार बापत खर्च भएको रकमको पन्ध्र प्रतिशतले हुने रकम सात सय पचास रूपैयाँभन्दा बढी भएमा सो वर्ष तिर्नुपर्ने करबाट रु.७५०।– घटाई बाँकी रहेको रकम आगामी वर्षलाई जिम्मेवारी सार्न पाइन्छ ।
उदाहरण ११.३.४ः मानौं, कुनै आय वर्षमा कुनै व्यक्तिको स्वीकृत औषधोपचार बापत रु.१०,०००।–खर्च भएको रहेछ भने सो रकमको पन्ध्र प्रतिशत वा सो वर्षमा घटाउन पाउने सीमा रु.७५०।– मध्ये जुन घटी हुन्छ, सो रकम निजले सो वर्ष तिर्नुपर्ने करबाट घटाउन पाउँछ । यो उदाहरणमा रु.१०,०००।– को पन्ध्र प्रतिशत रु.१,५००।– हुने, तर अधिकतम घटाउन पाउने सीमा रु.७५०।– भएकोले निजले रु.७५०।– मात्र यो वर्ष तिर्नुपर्ने करबाट घटाउन पाउँछ । बाँकी रहेको रु.७५०।– आगामी वर्ष तिर्नुपर्ने करबाट घटाउने गरी जिम्मेवारी सार्न पाउँछ ।

५१(४)(ख) सो वर्षमा दफा ३ को खण्ड (क) बमोजिमको व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम कम भएको कारणले सो व्यक्तिले औषधि उपचार बापत कर मिलान उपयोग गर्न नसक्ने हदसम्मको रकम ।
कुनै वर्षमा कर मिलान गर्न पाउने रकमको सीमा रु.७५०।– तिर्नुपर्ने कर रु.७५०।– भन्दा कम रहेछ भनेतिर्नुपर्ने कर रकमसम्म मात्र कर मिलान हुने हुँदा बढी भएको रकम आगामी वर्षकोलागि जिम्मेवारी सार्न पाइन्छ ।
उदाहरण ११.३.५ः मानौं, कुनै आय वर्षमा कुनै व्यक्तिको स्वीकृत औषधोपचार बापत रु.४,०००।– खर्च भएको रहेछ भने सो रकमको पन्ध्र प्रतिशत रु.६००।– सो वर्ष लाग्ने करबाट घटाउन पाउँछ । तर, यदि निजले सो वर्ष तिर्नुपर्ने कर रु.५००।– मात्र रहेछ भने निजले सो वर्ष रु.५००।– कर मिलान गरी बढी भएको रु.१००।– आगामी वर्ष तिर्नुपर्ने करबाट घटाउने गरी जिम्मेवारी सार्न पाउँछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “स्वीकृत औषधि उपचार खर्च” भन्नाले तोकिए बमोजिमको स्वीकृत औषधि उपचार खर्च सम्झनु पर्छ ।
नियम १७ मा देहाय बमोजिमको औषधि उपचार खर्चलाई स्वीकृत औषधि उपचार खर्च मानिने व्यवस्था गरेको छः–
(क) ... ... ... ... ... ... ... ...
(ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सिङ्ग होम,स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधि लगायतका बील बमोजिमको रकम ।
तर देहायका खर्चहरू स्वीकृत औषधि उपचार खर्च मानिने छैनन् ः–
(क) सौन्दर्य शल्यचिकित्सा (कष्मेटिक सर्जरी) मा भएको खर्च, र
(ख) ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१६) मा उल्लिखित बीमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च ।
कुनै व्यक्तिले स्वास्थ्य बीमा गराएको अवस्थामा बीमाको शर्तनामा बमोजिम सो व्यक्तिले व्यहोर्न पर्ने स्वास्थोपचार सम्बन्धी खर्चको सोधभर्ना अर्थात क्षतिपूर्ति प्राप्त गरेको रहेछ भने सो प्राप्त क्षतिपूर्तिको हदसम्म सो व्यक्तिले औषधि उपचार खर्च बापत कर मिलानको लागि दाबी गर्न सक्ने छैन ।
 
११.३.२ कुनै बासिन्दा प्राकृतिक व्यक्तिले स्वास्थ्य बीमा गरी भुक्तानी गरेको निश्चित रकम करयोग्य आयबाट घटाउन पाउँदछ । यस सम्बन्धमा अनुसूची–१ को दफा १ को उपदफा (१६) मा व्यवस्था रहेको छ ।
अनुसूची–१ को दफा १ को उपदफा (१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रूपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।
उदाहरण ११.३.६ः मानौं, हरिहर माथेमाले बीमा कम्पनीसँग वार्षिक रु.१५,०००।– प्रिमियम तिर्ने गरी स्वास्थ्य बीमा गराएका रहेछन् । निजले पारिश्रमिक आय गणना गर्दा करयोग्य  आयमा भुक्तानी गरेको बीमा प्रिमियम वा बीस हजार रूपैंयाँमा जुन घटी हुन्छ सो घटाउन पाउने हुँदा प्रिमियम तिरेको रु.१५,०००।– घटाई बाँकी रहने रकममा मात्र कर लाग्नेछ ।कुनै बासिन्दा प्राकृतिक व्यक्तिले स्वास्थ्य बीमा प्रिमियम बापतको रकम करयोग्य आयबाट घटाएको अवस्थामा औषधि उपचार बापतको रु.७५०।– कर मिलान गर्न पाउँदैन ।

यस सम्बन्धमा आयकर नियमावली, २०५९ को नियम १७ को उपनियम (२) को खण्ड (ख) बमोजिमको खर्चहरू स्वीकृत औषधि उपचार खर्च नमानिने व्यवस्था रहेको छ ।

नियम १७(२): उपनियम (१) मा जुनसुकै कुरा लेखिएको देहायका खर्चहरू स्वीकृत औषधि उपचार खर्च मानिने छैनन्ः
(क) सौन्दर्य शल्यचिकित्सा (कष्मेटिक सर्जरी) मा भएको खर्च, र
(ख) ऐनको अनुसूची १ को दफा १ को उपदफा (१६) मा उल्लिखित बीमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च ।
ऐनमा प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफैं वा अन्य कुनै व्यक्तिमार्फत गरेको स्वीकृत औषधि उपचार खर्चको लागि कुनै आय वर्षमा औषधि उपचार बापत कर मिलान दाबी गर्न पाउने व्यवस्था रहेको र औषधि उपचार बापत कर मिलान गर्ने प्रयोजनको निमित्त सो व्यक्तिले स्वीकृत औषधि उपचार खर्च मात्र दाबी गर्न पाउँदछ । ऐनमा दम्पतीको रूपमा आय निर्धारण गर्न छनौट गरेको दम्पतीलाई पनि प्राकृतिक व्यक्ति मानिएको हुँदा दम्पती छनौट गरेको आय वर्षमा आफ्नो र आफ्नो पति वा पत्नी उपर गरिएको स्वीकृत औषधि उपचार खर्च समेत यस प्रयोजनको लागि मान्यता राख्दछ ।

कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधि उपचार बापत कर मिलानको रकम स्वीकृत औषधि उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा बिगत वर्षमा मिलान हुन नसकेको कुनै रकम भए सोसमेत जोडी गणना गर्नु पर्नेछ ।

उदाहरण ११.३.७ः मानौं, कुनै व्यक्तिको एक आर्थिक वर्षमा स्वीकृत औषधि उपचारकोनिमित्त रु. १०,०००।– खर्च भएको रहेछ तथा नियम १७(३) मा सो खर्चको सीमारु.७५०।– तोकिएको कारण उक्त व्यक्तिले सो वर्ष औषधि उपचार खर्चको १५ प्रतिशतको दरले हुने रकम रु.१,५००।– मध्ये रु.७५०।– सोही वर्ष आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ र बाँकी रु.७५०।– आगामी वर्षमा आफ्नो कर दायित्वबाट घटाउन पाउनेछ । यदि निजको कर दायित्व  रु.७५०।– भन्दा कम भएमा पनि यो सुविधा उपयोग गरी बाँकी हुन आउने रकम आगामी वर्षको लागि सार्न पाउने छ ।

उदाहरण ११.३.८ः मानौं, भरत कुसवाहको आ.व.२०७६।७७ मा करयोग्य आय रु.६,३०,०००।– रहेछ । उक्त वर्ष निजले आय निर्धारण गर्ने प्रयोजनको निमित्त दम्पतीहुन छनौट गरेका रहेछन् । उक्त आय वर्षमा निजले आफू उपर रु.३,०००।– तथा आफ्नो श्रीमती उपर रु.४,०००।– गरी जम्मा रु.७,०००।– स्वीकृत औषधि उपचार खर्च गरेका रहेछन् । त्यस्तै निजको आ.व.२०७७।७८ मा करयोग्य आय रु.६,५०,०००।– रहेछ । उक्त वर्ष निजले आय निर्धारण गर्ने प्रयोजनको निमित्त दम्पती हुन छनौट गरेका रहेछन् । उक्त आय वर्षमा निजले आफू उपर रु.४,०००।– स्वीकृत औषधि उपचार खर्च गरेका रहेछन् । निजले आ.व.२०७६।७७ तथा २०७७।७८ मा दाबी गर्न पाउनेMedical Tax Credi निम्नानुसार हुनेछ:
आ.व.२०७६।७७ को करयोग्य आय रु. ६,३०,०००।–
करको गणना:
४,५०,०००।– ४,५००।–
१,००,०००।– १०,०००।–
८०,०००।– १६,०००।–
जम्मा कर दायित्व रु ३०,५००।–
स्वीकृत औषधि उपचार खर्च रु. ७,०००।–
१५ प्रतिशतले हुने रकम रु. १,०५०।–
यस वर्ष कर मिलान हुने रकम रु. ७५०।–
यस आय वर्षमा कर मिलान हुन नसकेको बाँकी रकम रु. ३००।–
तिर्नु पर्ने कर रकम रु. २९,७५०।–
आ.व.२०७७।७८ को करयोग्य आय रु. ६,५०,०००।–
करको गणना: ४,५०,०००।– ४,५००।–
१,००,०००।– १०,०००।–
१,००,०००।– २०,०००।–
जम्मा कर दयित्व रु. ३४,५००।–
स्वीकृत औषधि उपचार खर्च रु. ४,०००।–
१५ प्रतिशतले हुने रकम रु. ६००।–
गत वर्षको बाँकी रु. ३००।–
जम्मा रु. ९००।–
यस वर्ष कर मिलान हुने रकम रु. (७५०।–)
तिर्नुपर्ने कर रकम रु. ३३,७५०।–
यस आय वर्षमा मिलान हुन नसकेको रकम रु.१५०।–

आ.व.२०७७।७८ मा दाबी गरी बाँकी रहेको माथि उल्लिखित रु.१५०।–आगामी वर्षमा मिलान दाबी गर्न पर्नेछ ।

करयोग्य आयको गणना सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद ५ मा व्याख्या गरिएकोछ ।

११.३.३ प्रत्येक वर्ष तिर्नुपर्ने कर दायित्व रु.७५०।– भन्दा बढी छ भन्ने मान्यताका आधारमा औषधि उपचार बापत कर मिलान एवम्आगामी आय वर्षमा सार्ने सम्बन्धी प्रावधानलाई तल प्रस्तुत तालिकाबाट प्रष्ट पारिएको छ ।

आय वर्ष
स्वीकृत औषधि उपचार खर्च रु १७,०००
१५ प्रतिशतले हुने रकम रु. २,५५०
विगत वर्षको दाबी हुन बाँकी रकम रु १,८०० १,०५०
जम्मा दाबी योग्य रकम रु. २,५५० १,८०० १,०५०
नियम १७(३) को सीमा रु. ७५० ७५० ७५०
दाबि योग्य रकम रु. ७५० ७५० ७५०
आगामी वर्ष सर्ने रकम रु. १,८०० १,०५० ३००

११.४. करयोग्य आयमा घटाउन पाउने व्यवस्था

प्राकृतिक व्यक्तिले करको गणना गर्नु अगाडि ऐनको अनुसूची–१ को दफा १ कोउपदफा (५), (६), (९), (१०) तथा (१२) बमोजिम निम्नानुसारका रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था रहेको छ:

१(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रूपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिने छ । नियम ३८ बमोजिमऐनको अनुसूची–१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछः–

१. “क” वर्गका क्षेत्रमा पचास हजार रुपैयाँ

२. “ख” वर्गका क्षेत्रमा ४०,००० चालीस हजार रुपैयाँ

३. “ग” वर्गका क्षेत्रमा ३०,००० तीस हजार रुपैयाँ

४. “घ” वर्गका क्षेत्रमा २०,००० बीस हजार रुपैयाँ

५. “ङ” वर्गका क्षेत्रमा १०,००० दश हजार रुपैयाँ

उदाहरण ११.४.१ः मानौं, विकास बैंक लिमिटेड दैलेख शाखामा श्याम महतो (एकल व्यक्ति) भन्ने कर्मचारी कार्यरत रहेछन्। आ.व.२०७६।७७ मा निजको तलब र भत्ता गरी मासिक रु.४०,०००।– रहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु.३५,०००।– प्राप्त गरेका रहेछन्। सो वर्ष निजले रु.५०,०००।– बोनस प्राप्त गरेका रहेछन्। बैंकले सो वर्ष निजको आयमा कुल रु.३६,०००।– थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई सञ्चयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । सो वर्ष निजको करयोग्य आय एवम्कर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ४,८०,०००।–
दशैं भत्ता रु. ३५,०००।–
बोनस रु. ५०,०००।–
सञ्चय कोषमा थप घट ३६,०००।–
जम्मा निर्धारणयोग्य आय ६,०१,०००।–
घटाउनेः
स्वीकृत अवकाश कोषमा लगानी ७२,०००।–
करयोग्य आय ५,२९,०००।–
करयोग्य आयबाट घटाउने
“ग” वर्गमा पाउँने दुर्गम क्षेत्र सुविधा ३०,०००।–
बाँकी करयोग्य आय ४,९९,०००।–
आ.व.२०७६।७७ मा अनुसूची–१ को दफा १ बमोजिम निजको छुट पछिको कर लाग्ने करयोग्य आय रु.४,९९,०००।– भएकाले कर रकमको गणना देहाय बमोजिम गर्नुपर्नेछ ।
रु.४,००,०००।– सम्म १% ले ४,०००।–
रु, ९९,०००।– १०% ले ९,९००।–
जम्मा वार्षिक कर रकम रु. १३,९००।–

ऐनले दुर्गम क्षेत्रको आधारमा प्राकृतिक व्यक्तिलाई मात्र यो सुविधा प्रदान गरेकोले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा लगानीकर्ताले समेत यो सुविधा पाउँछन्। तर, दुर्गम क्षेत्रमा स्थायी बसोबास भएको तर अन्य क्षेत्रमा कार्यरत व्यक्तिले स्थायी बसोबास भएको कारणले मात्र यो सुविधा पाउँदैनन्।

अ१(६) नेपालका विदेश स्थित कुटनैतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिने छ ।

उदाहरण ११.४.२ः मानौं, नेपाल सरकारले श्याम महतो भन्ने कर्मचारीलाई अमेरिकामा रहेको नेपाली राजदूतावासमा काम गर्ने गरी खटाएको रहेछ । आ.व.२०७६।७७ मा निजको तलब मासिक रु.५०,०००।– रहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु.५०,०००।– प्राप्त गरेका रहेछन् । निजलाई नेपाल सरकारले प्रति महिना रु.६०,०००।– का दरले वैदेशिक भत्ता उपलब्ध गराएको रहेछ । नेपाल सरकारले सो वर्ष निजको आयमा कुल रु.३०,०००।– थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई सञ्चयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । निजले सो वर्ष दम्पतीको रूपमा छनौंट गरेका रहेछन्। सो वर्ष निजको करयोग्य आय एवम्कर रकम निम्नानुसार हुन आउँछ ।
तलव भत्ता रु. ६,००,०००
दशैं खर्च रु. ५०,०००
वैदेशिक भत्ता रु. ७,२०,०००
सञ्चय कोषमा थप रु. ५०,०००
जम्मा निर्धारणयोग्य आय १४,२०,०००
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. १,००,०००
करयोग्य आय १३,२०,०००
करयोग्य आयबाट घटाउने
वैदेशिक भत्ताको ७५ प्रतिशत रु. ५,४०,०००
बाँकी करयोग्य आय रू ७,८०,०००
कर रकमको गणना
पहिलो रु.४,५०,०००।–मा १% ले ४,५००
दोस्रो रु.१,००,०००।–मा १०% ले १०,०००
तेस्रो रु.२,००,०००।–मा २०% ले २०,०००
बाँकी रु.३०,०००।–मा ३०% ले ९,०००
जम्मा वार्षिक कर रकम रु. ४३,५००

१(९) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पतीको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ । तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिम भन्दा बढी हुने छैन । आर्थिक ऐन, २०७७ ले प्रस्तुत उपदफा खारेज गरेको हुँदा आ.व. २०७७।७८ देखि यो सुविधा नपाउने ।

उदाहरण ११.४.३ः मानौं, विकास बैंक लिमिटेड दैलेख शाखामा श्याम महतो भन्ने कर्मचारी कार्यरत रहेछन् । आ.व.२०७६।७७ मा निजको तलब र भत्ता गरी मासिक रु.५०,०००।– हँुदो रहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु.४०,०००।– प्राप्त गरेका रहेछन्। सो वर्ष निजले रु.५०,०००।– बोनस प्राप्त गरेका रहेछन् । बैंकले सो वर्ष निजको आयमा कुल रु.३०,०००।– थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई सञ्चयकोष ( स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । निजले विकास बैंकबाट पाउने पारिश्रमिकको अतिरिक्त नेपाल सरकारबाट सो वर्ष रु.२,५०,०००।– निवृत्तभरण समेत प्राप्त गरेका रहेछन्। निजले सो वर्ष दम्पतीको रूपमा छनौंट गरेका रहेछन्। सो वर्ष निजको करयोग्य आय एवंकर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ६,००,०००।–
दशैं खर्च रु. ४०,०००।–
वैदेशिक भत्ता रु. ५०,०००।–
सञ्चय कोषमा थप रु. ३०,०००।–
निवृत्तभरण रकम रु. २,५०,०००।–
जम्मा निर्धारणयोग्य आय ९,७०,०००।–
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. ६०,०००।–
करयोग्य आय ९,१०,०००।–
घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु. ३०,०००।–
निवृत्तभरणमा छुट रु. (४५०,०००।– को २५% ले) १,१२,५००।–
बाँकी करयोग्य आय रु. ७,६७,५००।–
कर रकमको गणना
पहिलो रु.४,५०,०००।–मा १% ले ४,५००।–
दोस्रो रु.१,००,०००।–मा १०% ले १०,०००।–
तेस्रो रु.२,००,०००।–मा २०% ले ४०,०००।–
बाँकी रु.१७,५००।–मा ३०% ले ५,२००।–
जम्मा वार्षिक कर रकम रु. ५९,७५०।–

अ१(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) दम्पतीको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.४ः मानौं, माथि उदाहरण ११.४.३ मा उल्लेखित श्याम महतो अपाङ्ग रहेछन् भने सो वर्ष निजको करयोग्य आय एवम् कर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ६,००,०००।–
दशैं खर्च रु. ४०,०००।–
बोनस रु. ५०,०००।–
सञ्चय कोषमा थप रु. ३०,०००।–
निवृत्तभरण रकम रु. २,५०,०००।–
जम्मा निर्धारणयोग्य आय ९,७०,०००।–
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. ६०,०००।–
करयोग्य आय ९,१०,०००।–
घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु. ३०,०००।–
निवृत्तभरणमा छुट रु. (४५०,०००।– को २५% ले) १,१२,५००।–
अपाङ्ग सुविधा (४५०,०००।–को ५०% ले) रु. २,२५,०००।–
बाँकी करयोग्य आय रु. ५,४२,५००
कर रकमको गणना
पहिलो रु.४,५०,०००।–मा १% ले ४,५००।–
दोस्रो रु.१,००,०००।–मा १०% ले ९,२५०।–
जम्मा वार्षिक कर रकम रु. १३,७५०।–

अ१(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।

उदाहरण ११.४.५ः मानौं, नेपाल बैंक लिमिटेड अछाम शाखामा सुश्री शशीकला राई भन्ने कर्मचारी कार्यरत रहिछन् । आ.व.२०७६।७७ मा निजको तलब र भत्ता गरी मासिक रु.६०,०००।– हँुदोरहेछ । निजले सो वर्ष दशैं खर्च बापत रु.५०,०००।– प्राप्त गरेका रहेछन्। सो वर्ष निजले रु.४०,०००।– बोनस प्राप्त गरेकी रहेछिन्। बैंकले सो वर्ष निजको आयमा कुल रु.३०,०००।– थप गरी निजको पारिश्रमिकबाट समेत त्यतिकै रकम कटाई सञ्चयकोष (स्वीकृत अवकाश कोष) मा जम्मा गर्ने व्यवस्था गरेको रहेछ । सो वर्ष निजको करयोग्य आय एवंकर रकम निम्नानुसार हुन आउँछ ।

तलब भत्ता रु. ७,२०,०००।–
दशैं खर्च रु. ५०,०००।–
बोनस रकम रु. ४०,०००।–
सञ्चय कोषमा थप रु. ३०,०००।–
जम्मा निर्धारणयोग्य आय रु. ८,४०,०००।–
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. ६०,०००।–
करयोग्य आय रु. ७,८०,०००।–
घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु. ३०,०००।–
बाँकी करयोग्य आय रु. ७,५०,०००।–
कर रकमको गणना
पहिलो रु.४,००,०००।– १% ले ४,०००।–
दोस्रो रु.१,००,०००।– १०% ले १०,०००।–
तेस्रो रु.२,००,०००।– २०% ले ४०,०००।–
बाँकी रु.५०,०००।– ३०% ले १५,०००।–
जम्मा ६९,०००।–
घः १० प्रतिशतले छुट रु. ६,९००।–
जम्मा वार्षिक कर रकम रु. ६२,१००।–

अ१(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रूपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.६ः मानौं, माथि उदाहरण ११.४.४ मा उल्लिखित श्याम महतोले जीवन बीमा गरेको रहेछन्र सो वर्ष निजले रु.३०,०००।– बीमा प्रिमियम भुक्तान गरेका रहेछन् भने सो वर्ष निजको करयोग्य आय एवम्कर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ६,००,०००।–
दशैं खर्च रु. ४०,०००।–
बोनस रु. ५०,०००।–
सञ्चय कोषमा थप रु. ३०,०००।–
निवृत्तभरण रकम रु. २,५०,०००।–
जम्मा निर्धारणयोग्य आय ९,७०,०००।–
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. ६०,०००।–
करयोग्य आय ९,१०,०००।–
घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु. ३०,०००।–
निवृत्तभरणमा छुट रु. (४५०,०००।– को २५% ले) १,१२,५००।–
अपाङ्ग सुविधा (४५०,०००।–को ५०% ले) रु. २,२५,०००।–
लगानी बीमा प्रिमियम भुक्तानी रु.३०,०००।–
अधिकतम सीमा रकम रु. २५,०००।–
बाँकी करयोग्य आय रु. ५,१७,५००।–
कर रकमको गणना
पहिलो रु.४,५०,०००।– १% ले ४,५००।–
दोस्रो रु.६७,५००।– १०% ले ६,७५०।–
जम्मा वार्षिक कर रकम रु. ११,२५०।–

अ१(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने सो बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रूपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

उदाहरण ११.४.७ः मानौं, माथि उदाहरण ११.४.४ मा उल्लिखित श्याम महतोले स्वास्थ्य बीमा गरेको रहेछन्र सो वर्ष निजले रु.२५,०००।– बीमा प्रिमियम भुक्तान गरेका रहेछन् भने सो वर्ष निजको करयोग्य आय एवम्कर रकम निम्नानुसार हुन आउँछ ।

तलव भत्ता रु. ६,००,०००।–
दशैं खर्च रु. ४०,०००।–
बोनस रु. ५०,०००।–
सञ्चय कोषमा थप रु. ३०,०००।–
निवृत्तभरण रकम रु. २,५०,०००।–
जम्मा निर्धारणयोग्य आय ९,७०,०००।–
घटाउने
स्वीकृत अवकाश कोषमा लगानी रु. ६०,०००।–
करयोग्य आय ९,१०,०००।–
घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा रु. ३०,०००।–
निवृत्तभरणमा छुट रु. (४५०,०००।– को २५% ले) १,१२,५००।–
अपाङ्ग सुविधा (४५०,०००।–को ५०% ले) रु. २,२५,०००।–
लगानी बीमा प्रिमियम भुक्तानी रु.३०,०००।–
अधिकतम सीमा रकम रु. २०,०००।–
बाँकी करयोग्य आय रु. ५,२२,५००।–
कर रकमको गणना
पहिलो रु.४,५०,०००।– १% ले ४,५००।–
दोस्रो रु.७२,५००।– १०% ले १०,०००।–
जम्मा वार्षिक कर रकम रु. ११,७५०।–

११.५ करको सुविधा

११.५.१ विशेष उद्योग तथा निर्यातबाट हुने आयमा करमा छुट

ऐनको दफा ११ को उपदफा (२ख) र (३ङ) मा बिशेष उद्योग तथा निर्यातबाट हुने आयमा करमा छुटका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छ ।

११(२ख) कुनै आय वर्षमा वर्षभरि पूर्णरूपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछः–

(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाईले,

उपर्युक्त व्यवस्था तल उल्लिखित उदाहरणमा स्पष्ट पारिएको छ ।

उदाहरण ११.५.१ः मानौं, सुश्री शशीकला राईले अछाम जिल्लामा फलफुल व्यापार सञ्चालन गर्ने गरेकी रहिछिन् । आ.व.२०७६।७७ मा सो उद्योगको कारोबार रु.२५,००,०००।– रहेछ र कट्टी दाबी योग्य रकमरु.१५,००,०००।– रहेछ । सो वर्ष निजको करयोग्य आय एवंकर रकम निम्नानुसार हुन आउँछ ।

कारोबार (आयमा समावेश हुने रकम) रु. २५,००,०००।–
न्यूनः कट्टी हुने रकम रु. १५,००,०००।–
जम्मा निर्धारणयोग्य आय रु. १०,००,०००।–
घटाउने –अवकाश योगदान र चन्दा) रु. -
करयोग्य आय १०,००,०००।–
करयोग्यमा आयमा घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा ३०,०००।–
बाँकी करयोग्य आय ९,७०,०००।–
कर रकमको गणना
पहिलो रु.४,००,०००।– ०% ले -
दोस्रो रु.१,००,०००।– १०% ले १०,०००।–
तेस्रो रु.२,००,०००।– २०% ले ४०,०००।–
बाँकी रु.२,७०,०००।– २०% ले ५४,०००।–
जम्मा वार्षिक कर रकम १,०४,०००।–

दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछः–

(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,

(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,

(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिम छुट पछि कायम हुने करमा थप पच्चीस प्रतिशत ।

उपरोक्त व्यवस्था तल उल्लेखित उदाहरणमा स्पष्ट पारिएको छ ।

उदाहरण ११.५.२ः मानौं, माथि उदाहरण ११.५.१ मा उल्लिखित कारोबारको आय निकासीबाट भएको रहेछ भने सो वर्ष निजको करयोग्य आय एवम्कर रकम निम्नानुसार  हुन आउँछ ।


कारोबार (आयमा समावेश हुने रकम) रु. २५,००,०००।–
न्यूनः कट्टी हुने रकम रु. १५,००,०००।–
जम्मा निर्धारणयोग्य आय रु. १०,००,०००।–
घटाउने –अवकाश योगदान र चन्दा) रु. -
करयोग्य आय १०,००,०००।–
करयोग्यमा आयमा घटाउने
“ग” वर्गमा पाऊने दुर्गम क्षेत्र सुविधा ३०,०००।–
बाँकी करयोग्य आय ९,७०,०००।–
कर रकमको गणना
पहिलो रु.४,००,०००।– ०% ले -
दोस्रो रु.१,००,०००।– १०% ले १०,०००।–
तेस्रो रु.२,००,०००।– ११.२५% ले २२,५००।–
बाँकी रु.२,७०,०००।– ११.२५% ले ३०,३७५।–
जम्मा वार्षिक कर रकम ६२,८७५।–

नोटः प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर यसै निर्देशिकाको परिच्छेद २३ करको गणनामा उल्लेख गरिएकोछ ।